झगनखबर
माघ २७ । मानिसहरूको श्वासनली साँघुरो
भएर कतिपय व्यक्तिको आंशिक रूपमा श्वासनलीमा अवरोध आएर घुर्ने गर्दछन् । डा जेसी
सुरीका अनुसार निदाएको समयमा मानिसहरूको श्वासनली साँघुरो भएर कतिपय व्यक्तिको
आंशिक रूपमा श्वासनलीमा अवरोध पनि हुन्छ । यस्तो अवस्थामा मानिस घुर्न थाल्छ।
कतिपय अवस्थामा श्वासनली बन्द भएर स्लीप एपनिया हुनसक्छ।
यस्तो अवस्थामा श्वास फेर्न नसक्दा अक्सिजनको मात्रा घट्छ र कार्बन डाइअक्साइड बढ्छ। निद्रा खुलेपछि मात्रै श्वासप्रश्वासको बाटो खुल्छ। स्लीप एपनियाबाट पीडित व्यक्तिहरू एक घण्टामा १५, २५ वा ५० पटकसम्म निद्राबाट ब्युँझन्छन्। जसका कारण मानिसलाई गहिरो निद्रा पर्दैन र निद्रामा असन्तुलन हुन्छ।
फोर्टिस अस्पतालको पल्मोनरी, क्रिटिकल केयर र स्लीप मेडिसिन विभागका
निर्देशक र प्रमुख रहेका डा जेसी सूरीले दिल्लीको सफदरजङ्ग अस्पतालमा ३४ वर्षदेखि
काम गरिरहेका छन्।
घुर्ने समस्याबाट बच्न के गर्ने ?
घुर्ने समस्याबाट बच्न आफ्नो तौल नियन्त्रण गर्नुपर्ने चिकित्सकहरूको सल्लाह छ। मोटोपन भएको मानिसको चिउँडो नजिकै धेरै बोसो भएको तन्तु हुन सक्छ। यसले श्वासनली साँघुरो बनाएर श्वासको प्रवाहमा बाधा पुर्याउन सक्छ। यस्तो अवस्थामा तौलमा नियन्त्रण कायम राख्दा घुर्ने समस्याबाट राहत मिल्छ।
यदि तपाईँलाई रुघाखोकी लागेको छ र तपाईँको नाक बन्द छ भने तपाईँले घुर्ने सम्भावना बढी हुन्छ। यस्तो अवस्थामा सुत्नुअघि नाक राम्ररी सफा गरेर सुत्नुपर्दछ ।
मदिराका कारण सुत्ने बेलामा
मांसपेशीहरू धेरै शिथिल हुन्छन् र यसले गर्दा श्वासनली साँघुरो हुन्छ। यस्तो
अवस्थामा सुत्नुअघि मदिरा सेवन नगर्नु राम्रो हुन्छ ।
उत्तानो परेर सुत्दा तपाईँको जिब्रो, चिउँडो र तपाईँको चिउँडो मुनि रहेको
बोसोयुक्त तन्तुले तपाईँको श्वासनलीमा अवरोधहरू सिर्जना गर्न सक्छ। यसरी सुत्दा
तपाईँ घुर्नुहुन्छ भने कोल्टे फेरेर सुत्नुपर्छ। डा. सूरीलाई उद्धृत गर्दै
बिबिसीले लेखेको छ ।