नेपाली कांग्रेसकै पहिलो महिला सभापति केसी तेश्रोपटक समानुपातिक उम्मेदवार


राजकुमार कार्की

 फागुन १७ । नेपाली कांग्रेसकै पहिलो महिला सभापति गोमा केसी तेश्रोपटक समानुपातिक उम्मेदवार चयन हुनुभएको छ । आसन्न फागुन २१ गते हुने प्रतिनिधी सभा सदस्य निर्वाचनमा ओखलढुंगाबाट समानुपातिक उम्मेदवार चयन हुनुभएको हो । विद्यार्थी काल देखि नै नेपाली कांग्रेसको राजनीतिमा होमीनुभएकी केसीलाई २०६४ र २०७४ मा उम्मेदवार बनाईए पनि संसद बन्ने अवसर  भने पाउनु भएको छैन । यो पटक भने नेपाली कांग्रेसले देशैभरी एकल उम्मेदवारी दिएको र समानुपातिक मत पनि बढ्ने भएकाले संसद बन्ने पक्का जस्तै छ । नेपाली कांग्रेसको देश भरीबाट आएको मत गणना हुने भएपनि ओखलढुंगाका सबै नागरिकले समानुपातिक मत दिएर संसद बन्न सहयोग पु¥याउनेमा आफु विश्वस्त रहेको बताउनु भयो ।  गोमा केसी नेपाली कांग्रेसको पहिलो निर्वाचित महिला सभापति हो । नेपाली कांग्रेस प्रजातान्त्रीक ओखलढुंगाको निर्वाचित महिला सभापति हो । उहाँ भन्दा अगाडी नेपाली कांग्रेसको तर्फबाट कोहि महिला जिल्ला सभापति बनेका थिएनन् ।

नेविसंघबाट नेपाली कांग्रेसमा प्रबेश गर्नुभएकी केसी ओखलढुंगा नेविसंघको संस्थापक कोषाध्यक्ष हुनुभयो । काठमाण्डौ शिक्षा क्याम्पसमा नेविसंघको सचिव भएर काम गर्नुभएकी केसी, पार्टीको ओखलढुंगा काठकाण्डौ सम्पर्क मञ्चको सभापति भएर काम गर्नुभयो । महिला संघ ओखलढुंगाको सभापति भएर महिलाको हकहितका लागि सदैव आवाज उठाईरहनुभयो भने केन्द्रीय सदस्य समेत भएर देशभरिका महिलाको क्षेत्रमा काम गर्नुभएको थियो ।

हक्की स्वभाव र निडर महिलाको छवि बनाएकी पूर्व सभापति केसीको नागरिकको  हक अधिकारको क्षेत्रमा प्रतिबद्ध र निडर नेतृत्वको रुपमा परिचित हुनुहुन्छ । उहाँले महिलाको क्षेत्रमा मात्र नभई सबै खालका पिछडी पारिएका जाति, वर्ग, लिङग र समुदायको हक र हितका लागि आवाज उठाउदै, असमानताको बिरुद्धमा समेत काम गर्नुएभएको थियो । नेपाली कांग्रेस ओखलढुंगाबाट महाधिवेशन प्रतिनिधी र महासमिति सदस्य निरन्तर रहिरहनु भएको छ । नेपाली कांग्रेसको संगठन निर्माण गर्न केसीको उलेख्य भूमिका रहेको नेपाली कांग्रेसका पुराना नेताहरुले बताउने गरेका छन् ।

विभिन्न संघसंस्थामा आबद्ध भई महिला शिक्षा, स्वास्थ्य, रोजगारी र राजनीतिक सहभागितालाई महिला मुक्तिको आधार मानेर काम गर्दै आउनु भएको छ । उहाँले ग्रामीण तथा पिछडिएका समुदायका महिलालाई लक्षित गरी चेतनामूलक कार्यक्रम, तालिम र अन्तरक्रिया सञ्चालन गर्दै महिलालाई आत्मनिर्भर बनाउने अभियानमा सक्रिय भूमिका निर्वाह गर्नुभएको छ । विशेषगरी घरेलु हिंसा, लैङ्गिक भेदभाव, बालविवाह र मानव बेचबिखनजस्ता सामाजिक विकृतिविरुद्ध उनले निरन्तर आवाज उठाईरहनु भएको छ ।

मंगला नोना शुसिला शैलजा स्मृति प्रतिष्ठानको अध्यक्ष समेत बन्नु भएकी केसीले केसीले संविधान प्रदत्त महिला अधिकारको कार्यान्वयनका लागि सरोकारवाला निकायसँग समन्वय गर्दै आएको पाइन्छ। समान सम्पत्ति अधिकार, सुरक्षित मातृत्व, कार्यस्थलमा महिलामैत्री वातावरण र न्यायमा पहुँच सुनिश्चित गर्न विभिन्न अभियान र पहलहरूमा नेतृत्वदायी भूमिका खेल्नु भएको छ । समग्रमा, गोमा केसी नेपाली महिलाको हक, अधिकार र गरिमाका लागि निरन्तर संघर्षरत अभियन्ता हो । उहाँको योगदानले महिलालाई सचेत, संगठित र सशक्त बनाउँदै समतामूलक समाज निर्माणतर्फ सकारात्मक सन्देश प्रवाह गरेको छ ।

 जिल्लामा आर्थीक, सामाजिक, नैतिक विकासमा पु¥याएको योगदान सँगै भौतिक विकासमा पनि ठुलो योगदान पु¥याउनु भएको छ । विभिन्न ठाउँमा सडक निर्माण गर्न, विद्युतिकरणका लागि पोलको ब्यवस्थापन सहयोग गर्दै आउनु भयो भने खिजीचण्डेश्वरीमा एअरपोर्ट निर्माण गर्न पहल गरी बजेटको ब्यवस्थापन गरेर आफै अध्यक्ष भई काम सम्पन्न गरेको बताउनु भएको छ । तत्कालीन बलखु गाविस अन्तर्गत थुल्मेघाटमा पूल नहुँदा स्थानीय नागरिकलाई सुनकोशी नदि वारपार गर्न कठिनाई थियो । त्यहाँ  झोलुङ्गे पूल निर्माण गर्न पहल गर्दै पूल निर्माण सम्पन्न गरेको बताउनु भयो । कृषी मन्त्रालयसँग समन्वय गरी ओखलढुंगा जिल्लामा आलुजोन कार्यक्रम लागू गर्न पहल गरी लागू गराउनु भएको थियो ।

सांसद बनेपश्चात विभिन्न संघसंस्थामा रहेर देशका विभिन्न भागमा काम गरेको अनुभवलाई नागरिकको आर्थीक, सामाजिक राजनीतिक अधिकारको क्षेत्रमा प्रयोग गरी काम गर्ने बताउनु भएको छ ।

प्रतिक्रिया