राजकुमार कार्की
जेठ १५ । जोर्तीघाटमा एउटै जीपबाट निर्माण
भएका दुई झोलुङ्गे पुलले तीन जिल्लालाई एकैठाउँमा जोडेको छ । जोर्तीघाटमा दुधकोशी
र सुनकोशी नदीले छुट्याएका तीन जिल्ला ओखल्ढुंगा, खोटाङ र उदयपुर लाइ झोलुङ्गे पुलले
एकैठाउँमा जोडेको हो ।
यि दुई पुलले तीन जिल्लालाई एकैठाउँमा त जोडेका छन्
नै, त्यो भन्दा अर्काे
रोचक कुरा, यि दुईवटा पुल एउटै जीपबाट बनेका छन् । ओखलढुंगाबाट खोटाङ र उदयपुर जोडिने
यि पुलको जीप ओखलढुंगा तर्फ एउटै छ । एउटै जीपबाट बनेका दुईवटा झोलुङ्गे पुल, एउटाले दुधकोशी नदी
पार गर्दै खोटाङ र अर्काेले सुनकोशी नदी पार गर्दै उदयपुरलाई जोडेको छ । खोटाङ र
ओखलढुंगाको सिमाना हुँदै आएको दुधकोशी नदी र ओखलढुंगा, सिन्धुली, उदयपुरको सिमाना
हुँदै आएको सुनकोशी नदी जोर्तीघाटमा जोडीनुका साथै तीन जिल्लाको भूगोल छुट्याउने
संगमस्थल पनि हो । झोलुङ्गे पुल निर्माणको इतिहासमा एउटै जीपबाट दुईवटा पुल बनेको
यो नै नेपालको पहिलो झोलुङ्गे पुल भएको सस्पेन्सन बृज डिभिजन कार्यालय पुल्चोकका
तत्कालीन इन्जीनियर दीनविनोद खड्काले बताउनु भयो ।
ओखलढुंगा जिल्लाको मानेभञ्ज्याङ्ग गाँपालिका–६ बाट
हलेसी तुवाचुङ गाउँपालिका–१, खोटाङ जोड्ने दुधकोशी नदीमा १ सय ३४ मिटर लाम्बाईको
झोलुङ्गे पुलको निर्माण सम्पन्न भएको छ । भने सोई जीपबाट कटारी नगरपालिका–१४, उदयपुर जोड्ने
सुनकोशी नदीमा १ सय ७८ मिटर लम्बाईको झोलुङ्गे पुलको निर्माण सम्पन्न भएको छ
। दुवै पुल निर्माणका लागि २०७९ साल साउन
६ गते ठेक्का सम्झौता भई २०८२ सालमा निर्माण सम्पन्न भएको थियो । अपर तामाकोशी
जेभी जेके निर्माण कम्पनी काठमाण्डौले सम्झौता गरी निर्माण सम्पन्न गरेको थियो । १
करोड ३१ लाख ९१ हजार ६२० रुपैयाँ लागतमा सम्झौता भई निर्माण सम्पन्न भएको जानकारी दिएका छन् । सस्पेन्सन बृज डिभिजन कार्यालय पुल्चोकका योजना
प्रमुख शंकर बुढाथोकीले पठाएको लिखित शुभकामना मन्तब्यमा १ करोड ३१ लाख ९१ हजार
६२० रुपैयाँ लागत रकम भएको उल्लेख गरिएको छ ।
दुधकोशी र सुनकोशी नदिको संगमस्थल जोर्तीघाटमा बनेका दुई झोलुङ्गे पुलको उद्घाटन गणतन्त्र दिवसको अवर पारेर जेठ १५ गते गरिएको छ । जिल्ला समन्वय समिति ओखलढुंगका प्रमुख टेकराज भट्टराई र खोटाङ जिल्लाका पूर्व सांसद टंक राईले संयुक्तरुपमा उद्घाटन गर्नुभएको थियो । ओखलढुंगाका जिसस प्रमुख भट्टराईले खोटाङतर्फको पुलमा रिवन काट्नु भएको थियो भने खोटाङका पूर्व सांसद राईले उदयपुरतर्फको पुलमा रिवन काटेर औपचारीक उद्घाटन गरिएको जिल्ला समन्वय समिति ओखलढुंगाले जानकारी दिएको छ ।
गणतन्त्र
दिवस २०८३ को अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम तथा स्थानीय महोत्सव
कार्यक्रम समेतको आयोजना गरिएको थियो । जिसस ओखलढुंगाका प्रमुख टेकराज भट्टराईको अध्यक्षता तथा खोटाङका पूर्व
सांसद टंक राईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा ओखलढुंगाका कार्यालय प्रमुखहरु, मानेभञ्याङ
गाउँपापलिका ओखलढुंगाका अध्यक्ष ज्ञानेन्द्र रुम्दाली, उपाध्यक्ष आश्रचन राई, दिक्तेल रुपाकोट
मझुवागढी नगरपालिकाका प्रमुख तिर्थराज भट्टराई, हलेसी तुवाचुङ नगरपालिकाका प्रमुख बिमला राई
लागायतको उपस्थिति रहेको थियो । गणतन्त्र दिवसको शुभकामना आदानप्रदान, पुल उद्घान तथा
महोत्सव उद्घाटन कार्यक्रममा राई जातिको झाँकी प्रदर्शन गरिनुका साथै विभिन्न
साँस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो ।
संगमस्थलमा तीनैवटै जिल्लाका करिब बराबरी जस्तै
देखिने तीन पहाडका चुचुराले तीनखुट्टे ओदान जस्तै देखन्छ । यो प्राकृतिक रुपमा
मात्र नभई धार्मिक पौराणीक हिसाबले पनि महत्वपूर्ण रहेको स्थानीयबसीले जानकारी
दिएका छन् । यि पुलले ओखलढुंगा उदयपुर र खोटाङका धेरै नागरिक लाभान्वीत हुनुका
साथै जोर्तीघाटलाई थप पर्यटन विकास गर्न सजिलो भएको राष्ट्रिय गानका रचयीता
ब्याकुल माईलाले बताउनु भयो ।