झगनखबर
कार्तिक १७ । सन् २०२४ को जुनमा
अमेरिका र वेष्ट इन्डिजमा हुने टी–२०
विश्वकपमा छनोट भएको छ । आज (शुक्रबार) काठमाडौंको मूलपानी मैदानमा संयुक्त अरब
इमिरेट्स (युएई) लाई ८ विकेटले हराउँदै नेपाल विश्वकप क्रिकेटमा छनोट भएको हो ।
आगामी टी २० विश्वकप जुन ३ देखि ३० तारिखसम्म
आयोजना हुँदैछ । प्रतियोगितामा १२ टेस्ट र ८ एसोसिएट टोली सहभागी हुनेछन् ।
टस जितेर ब्याटिङ थालेको यूएईले
निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३४ रन जोडेको थियो । युएईले नेपाललाई १३५ रनको
लक्ष्य नेपालले १७.१ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो ।
नेपालका लागि आसिफ शेखले अर्धशतकीय
पाली खेले । उनले अविजित ६३ रन जोडे । रोहित पौडेलले अविजित ३५ , गुल्सन झाले २२ र कुशल भुर्तेलले ११ रन
बनाए । २६ रनमा पहिलो विकेट गुमाएको नेपालका लागि प्रारम्भिक ब्याट्सम्यान आसिफले
गुल्सनसँग दोस्रो विकेटका लागि ४१ र रोहितसँग तेस्रो विकेटका लागि ६८ रनको
साझेदारी गरेका थिए ।