मुख्यमन्त्री कपको उपाधी इलामको हातमा


झगनखबर 

असार ९ । मुख्यमन्त्री कप फुटबल प्रतियोगिता कोशी प्रदेशको उपाधी इलामले हात पार्न सफल भएको छ । इलाम र संखुवासभा बिच शनिबार भएको फाइनल खेलमा संखुवासभालाई ३० गोलले पछि पार्दै उपाधी हात पार्न सफल भएको हो । शुक्रबार भएको सेमीफाइनल खेलमा ओखलढुंगालाई हराउदै इलाम फाइनलमा प्रबेश गरेको थियो भने खोटाङलाई हराउदै संखुवासभा फाइनल प्रबेश गरेको थियो । शनिबार ओखलढुंगा सदरमुकामको खेलमैदानमा भएको फाइनल खेलमा संखुवासभालाई हराउदै इलाम विजेता बनेको थियो ।

पहिलो हाफमा गोलरहित बराबरीमा सकिएको खेलमा दोश्रो हाफमा इलामले संखुवासभालाई लगातार ३ गोल गर्न सफल भएको थियो । संखुवासभाले भने कुनै पनि गोल गर्न सकेन । खेलको ५९ औ मिनेटमा इलामका जर्सी नं १२ का खेलाडी बिशाल तामाङले पहिलो गोल गर्दै खाता खोल्न सफल भएका थिए ।  खेलको ७९ औ मिनेटमा जर्सी नं १४ का खेलाडी युवराज राईले इलामका लागी दोश्रो गोल थपेका थिए । इलामले दोश्रो गोल गरेको ५ मिनेट बित्न नपाउँदै खेलको ८४ औ मिनेटमा इलामका जर्सी नं ९ का खेलाडी बिनोद धमलाले तेश्रो गोल गर्दै इलामलाई फाइनल उपाधी चुम्ने अवसर पक्का गरेका थिए ।

विजेता र उपविजेतालाई नगद, प्रमाणपत्र, मेडल वितरण गरिएको थियो । विजेता उपविजेतालाई क्रमशः नगद रु २ लाख, १ लाख नगद सहित मेडल, ट्रफी प्रमाण पत्र वितरण गरिएको थियो । विजेता उपविजेतालाई कार्यक्रमका प्रमुख अतिथी सिद्धिचरण नगरपालिकाका प्रमुख तेजेन्द्र खनालले पुरस्कार वितरण गर्नु भएको थियो । 

खेलका म्यान अफ द म्याच इलामका जर्सी नं ६ का खेलाडी पिकेश लोक्ताम घोषीत भएका थिए । खेलका म्यान अफ द म्याच घोषीत भएका खेलाडीलाई रु ५ हजार नगद पुरस्कार सहित ट्रफी वितरण गरिएको थियो । बेस्ट गोलकिपर इलामका जर्सी नं १६ का मौसम मगर घोषीत भएका थिए । बेस्ट गोलकिपरलाई ५ हजार ५ सय नगद पुरस्कार सहित ट्रफी वितरण गरिएको थियो । बेस्ट डिफेन्डर इलामकै खेलाडी जर्सी नं १५ का आयुस तिमिल्सीना घोषीत भएका थिए । बेस्ट डिफेन्डरलाई रु ५ हजार ५ सय  नगद पुरस्कार सहित ट्रफी वितरण गरिएको थियो । बेस्ट मिडफिल्डर संखुवासभाका जर्सी नं ६ का खेलाडी पर्सु राई घोषीत भएका थिए । बेस्ट मिडफिल्डरलाई  रु ५ हजार ५ सय नगद पुरस्कार सहित ट्रफी वितरण गरिएको थियो । बेस्ट स्ट्राइकर संखुवासभाका जर्सी नं १० मन्दिप राई घोषीत भएका थिए । बेस्ट स्ट्राइकरलाई  रु ५ हजार ५ सय नगद पुरस्कार सहित ट्रफी वितरण गरिएको थियो । बेस्ट कोच इलामका छिरिङ पासाङ शेर्पा घोषीत भएका थिए । बेस्ट कोचलाई रु ५ हजार ५ सय नगद पुरस्कार सहित ट्रफी वितरण गरिएको थियो । ओखलढुंगाका जर्सी नं ११ का खेलाडी सन्जय गुरुङ्गले हाईस्कोरर पुरस्कार प्राप्त गरेका थिए । हाईस्कोरर पुरस्कार  रु ५ हजार ५ सय नगद पुरस्कार सहित ट्रफी प्राप्त गरेका थिए  । इलामका जर्सी नं १२ का खेलाडी बिशाल तामाङ्ग म्यन अफ द सेरीज घोषीत भएका थिए । म्यान अफ द सेरीज घाषीतलाई १० हजार नगद सहित ट्रफी वितरण गरिएको थियो ।

ओखलढुंगा सदरमुकामको खेलमैदानमा असार ४ गते बाट शुरु गरिएको मुख्यमन्त्रि कप फुटबल असार ९ गते शनिबार समापन गरिएको थियो ।

प्रतिक्रिया