झगनखबर
यो साता भाग्यले विभिन्न अवसर
जुराउनेछ । परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ । धर्मकर्म तथा समाजसेवामा
मन लाग्नेछ । व्यापार तथा सेयर कारोबारमा रुचि बढ्नेछ । प्राविधिक काममा सफलता
प्राप्त हुनेछ । धनसञ्चय र भौतिक सुखको अवसर प्राप्त हुनेछ । हराएको आत्मविश्वास
पनि जाग्नेछ । यो साताका लागि शुभ अङ्क २,७ र शुभ रङ्ग रातो वा खैरो हो ।
कुनै शुभकर्म गर्नु पूर्व शिवजीको दर्शन गरि आरम्भ गर्दा शुभ फल प्राप्त हुनेछ ।
वृष : इ,
उ,
ए,
ओ,
वा,
वि,
वु,
वे,
वो
यो साता टाढाका नातागोता वा परिवारजनसँग
भेटघाट हुनेछ । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ ।
विशेष समारोहबीच प्रतिष्ठा, मान–सम्मान आदि पाइनेछ । स्वादिष्ट भोजनको आनन्द मिल्नेछ । एकपछि
अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । सेयर कारोबारमा सफलता मिल्नेछ । यो साताका
लागि शुभ अङ्क ४,५ र शुभ रङ्ग सुन्तला रङ्ग हो । शुभकर्म गर्नु पूर्व शिवजीको
स्मरण गरि आरम्भ गर्दा शुभ फल प्राप्त हुनेछ ।
यो साता शुभ चिन्तकहरूले पूर्ण
समर्थन प्रदान गर्नेछन् । सजिलै अरूको मन जित्न सकिनेछ । कसै सैलाई परदेशी घर फर्कने
र घरपरिवारमा रमाइलो वातावरण छाउनेछ । धनार्जनका नयाँ स्रोतहरू पनि पत्ता
लाग्नेछन् । मध्य सातामा महत्त्वपूर्ण कार्यमा व्यवधान आउने देखिन्छ । यो साताका
लागि शुभ अङ्क ३,८ र शुभ
रङ्ग सुन्तला हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि भैरवजीको दर्शन
गरि कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
यो सातामा भाग्य शक्ति कमजोर हुनाले
चिताएको कार्यमा सोचे जस्तो सफलता नमिल्ला । डुबेको धन उकास्न निकै दौडधुप
गर्नुपर्छ । कामको सिलसिलामा व्यस्त हुने समय रहेको छ । बुधवारबाट रमाइलो यात्रा
गर्ने अवसर प्राप्त हुनेछ । वस्त्र, अलङ्कार आदि खरिद गर्ने योग छ । यो साताका
लागि शुभ अङ्क २,५ र शुभ रङ्ग गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा
जानु अघि बगलामुखीको दर्शन गरि कार्य आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
यो हप्तामा रमणीय र सुखद् यात्राको योग छ ।
रोकिएका काम पुनः सुरु हुन सक्छ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य
सुखमा रमाउने समय छ । प्रतिस्पर्धामा सफलता मिल्न सक्छ । व्यावसायिक काममा राम्रै
फड्को मार्न सकिनेछ । जटिल ठानिएको काम सम्पादन हुनसक्छ । यो साताका लागि शुभ अङ्क
३,६ र शुभ रङ्ग रातो
वा पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि नवग्रहको स्मरण गरि
कार्य गर्नाले सफलता मिल्नेछ ।
यो हप्ता बुद्धिको उपयोग गर्नाले जटिल
ठानिएको कामसमेत सम्पादन हुन सक्छ । हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ ।
कलकारखाना र बन्दव्यापारमा फाइदा हुनेछ । शेयर बजारको लगानी पनि राम्रै रहला ।
साताको अन्त्यमा बोलीको विपरीत अर्थ लाग्न सक्छ, संयम रहनु होला । यो साताका लागि शुभ अङ्क
२,४ र शुभ रङ्ग सेतो
वा नीलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा कार्य प्रारम्भ गर्नु अघि लक्ष्मीजीको
दर्शनपछि कार्य आरम्भ गर्दा लाभ मिल्नेछ ।
यो साता रोकिएका काम पुनः सुरु
हुन सक्छन् । भाग्यले साथ दिनेछ भने गरेको कामबाट राम्रै सफलता हात पर्नेछ ।
बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । लामो दुरीको लाभदायक यात्रा हुनेछ ।
बुधवारबाट कामहरू अधुरै रहनसक्छ । शेयर बजारको लगानी डुब्ने भय पनि छ सचेत रहनु
होला । यो साताका लागि शुभ अङ्क ५,९ र शुभ रङ्ग हरियो वा रातो हो
। शुभकर्म गर्नु पूर्व महादेवको दर्शन वा पूजा गरि कार्य आरम्भ गर्दा अधिक शुभ फल
प्राप्त हुनेछ ।
यो साता कसैले झुटो आश्वासन दिन
सक्छन् । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । शुभ चिन्तकहरूको सुझावलाई बेवास्ता
गर्दा दुःख पाइन सक्छ । साताको मध्यबाट नयाँ कार्यको योजना बन्नेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउला । कृषि
कार्यमा पनि सफलता मिल्नेछ । यो साताका लागि शुभ अङ्क १,७ र शुभ रङ्ग निलो हो । कुनै
शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विष्णु भगवानको दर्शन गरि कार्य आरम्भ
गर्दा शुभ फल मिल्नेछ ।
हर्ष र प्रसन्नताका बीचमा समय
व्यतीत हुनेछ । दानपुण्य जस्ता कार्यमा सहभागी भइनेछ । शेयर बजारबाट राम्रो सफलता
मिल्ला । मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनसक्छ । साताको
अन्त्यमा विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । आफ्नो अधिकार प्राप्ति लागि संघर्ष
गर्नु पर्ला । यो साताका लागि शुभ अङ्क २,७ र शुभ रङ्ग सुन्तला रङ्ग हो ।
कुनै शुभकर्म गर्नु पूर्व विघ्नहर्ता गणेशजीको पूजा अर्चना गरि गरेको कार्यबाट लाभ
मिल्नेछ ।
यो साता गोपनीय ढङ्गले गरिएको
क्रियाकलापमा सफलता पाउनुहुनेछ । वैदेशिक काममा सफलता मिल्नेछ । रमाइलो यात्रा
गर्ने अवसर प्राप्त हुनेछ । नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । नजिकको
व्यक्तिबाट कार्यहरू पुरा हुनेछन् । साताको अन्त्यमा नयाँ काममा हात हाल्नु अघि
राम्ररी विचार पुर्याउनु होला । यो साताका लागि शुभ अङ्क ५,९ र शुभ रङ्ग पहेँलो हो । कुनै
शुभकर्म गर्नु पूर्व नवग्रहको स्मरण गरि कार्य आरम्भ गर्दा राम्रो हुनेछ ।
कुम्भ राशिको लागि यो साता
परोपकार तथा सहयोग आदिमा पनि भूमिका निर्वाह गर्न पाइनेछ । प्राविधिक कामबाट
राम्रो फाइदा हुनेछ । पुनर्मिलनको योग पनि रहेको छ । आफूसँग भएको क्षमता प्रदर्शन
गर्ने अवसर जुट्ला । कसैकसैका लागि सन्तान प्राप्तिको योग पनि छ । यो साताका लागि
शुभ अङ्क ७,९ र शुभ
रङ्ग सेतो वा हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व वा काम गर्नु अघि महामृत्युञ्जय
भगवानको स्मरण गरि आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।
यो साता गोप्य सूचना बाहिरिनाले समस्या
आउनेछ । आफन्त बीचमा खटपट, चिन्ता र शङ्का उब्जनसक्छ । लगनशीलताको कमीले गर्दा ठूलो
उपलब्धि हातपार्न नसकिएला । मध्य साताबाट शुभ कार्यको चर्चा चल्नेछ । मठमन्दिरको
भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा प्रदान गर्नेछ । यो साताका लागि शुभ अङ्क ३,७ र शुभ रङ्ग रातो
वा सेतो हो । कुनै शुभकर्म गर्नु अघि हनुमानजीको दर्शन गरि यात्रा गर्नाले अधिक
सफलता मिल्नेछ ।
राशिफल जे जस्तो भएपनि तपाईंको यो साता शुभ रहोस् ।
- ज्यो.प.
नारायणप्रसाद दुलाल