तरुणदलको आयोजनामा दोश्रो सुनकोशी तरुणदल खुल्ला फुटबल प्रतियोगिता शुरु


 जेठ २६ । दोश्रो सुनकोशी तरुणदल खुल्ला फुटबल प्रतियोगिता सुनकोशी गाउँपालिकाको खेलमैदानमा  शुरु भएको छ ।  नेपाल तरुणदल सुनकोशी गाउँकार्यसमितिको आयोजनामा शुक्रबारबाट प्रतियोगिता शुरु भएको हो । शुक्रबार औपचारीक कार्यक्रमको अयोजना गरी प्रतियोगिताको शुरुवात गरिएको छ ।

नकआउटको आधारमा खेलाइने खेल जेठ २८ गते सम्म खेलाईने आयोजकले जानकारी दिएको छ । प्रथम, द्वितिय र तृतिय हुनेहरुलाई क्रमशः रु १ लाख, ७० हजार, ४० हजार नगद सहित शिल्ड मेडल र प्रमाण पत्र वितरण गरिने आयोजकले जनाएका छन् । त्यसै गरी विधागत तर्फ बेष्ट स्ट्राइकर ५ हजार, बेष्ट प्लेयर ५ हजार, बेष्ट गोलकिपर ५ हजार, बेष्ट मिडफिल्डर ५ हजार, बेष्ट डिफेन्डर ५ हजार र बेष्ट कोचलाई ५ हजारका दरले नगद पुरस्कार दिइनेछ ।

खेल संयोजक मनिस तामङको अध्यक्षतामा र  नेपाली कांग्रेसका उपसभापति एवं सुनकोशी गाउँपालिकाका प्रमुख कमल तामङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

 विशेष अतिथी सुनकोशी गाउँपालिकाका संस्थापक प्रमुख रुद्र प्रसाद अधिकारी, नेपाली कांग्रेस कोशी प्रदेश सदस्य कुमार लुइटेल, जिल्ला समन्वय समिति सदस्य भिम गौतम, गाउँपालिकाका प्रवक्ता प्रकाश सापकोटा लगायतको उपस्थिति रहेको थियो । प्रतियोगितामा जिल्ला र जिल्ला बाहिरका खेलाडी टिमको सहभागीता रहेको आयोजकले बताएका छन् ।

प्रतिक्रिया