झगनखबर
यो साता
भाग्यले विभिन्न अवसर जुराउनेछ । धार्मिक यात्राको योग छ । काम गर्ने जोशजाँगर र
उमङ्ग बढ्नेछ । राजनैतिक र सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । पुँजी बजारले पनि
साथ दिनेछ । नयाँ कामको थालनी हुनेछ । वैदेशिक कार्य पनि अघि बढ्नेछ । यो साताका
लागि शुभ अङ्क ३.६ र शुभ रङ्ग ध्वाँसे वा हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व वा
यात्रा गर्नु अघि शिव भगवानको स्मरण गरी कार्य गर्नाले अधिक सफलता मिल्नेछ ।
वृष : इ,
उ,
ए,
ओ,
वा,
वि,
वु,
वे,
वो
यो साता शुभ र मङ्गल कार्यको
योग छ । दाम्पत्य जीवन सुखमय हुनेछ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ ।
शुभकार्यको चर्चा चल्ने र सरुवा बढुवाको योग छ । रोकिएका काम पुनः सुरु हुन सक्छन्
। साताको मध्यमा अनावश्यक ठाउँमा धन खर्च हुने र शेयर बजारले पनि दिन नसक्ला । यो
साताका लागि शुभ अङ्क ३,८ र शुभ
रङ्ग निलो हो । कुनै शुभकर्म गर्नु पूर्व श्रीकृष्णजीको दर्शन गरि कार्य आरम्भ
गर्दा अधिक सफलता मिल्नेछ
यो सातामा नयाँ कार्यको योजना
बन्ने वा प्राप्ति हुनेछ । कुनै न कुनै कुराले मनमा शान्ति छाउनेछ । मनमा हर्ष र
उमङ्ग र उत्साह छाउनेछ । प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेको छ । व्यापार र
व्यवसाय पनि फस्टाउनेछ । साताको उत्तरार्धबाट आर्थिक कारोबारमा मन्दी आउनेछ । यो
साताका लागि शुभ अङ्क २,९ र शुभ
रङ्ग आकाशे नीलो हो । शुभकर्म गर्नु पूर्व भैरवजीको दर्शन गरि कार्य आरम्भ गर्दा
शुभफल प्राप्त हुनेछ ।
साताको सुरुका दिनमा निर्णायक
क्षमतामा कमी आउनेछ । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । शत्रुपक्ष हावी हुन
सक्नेछन् । सोमबारबाट आफन्तको साथ र सहयोग मिल्नेछ । साथी भाइको भेटघाटले मन
प्रफुल्ल रहला । प्राविधिक र वैदेशिक कार्य अघि बढ्नेछ । यो साताका लागि शुभ अङ्क
५,७ र शुभ
रङ्ग बैजनी वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि
कुलदेवताको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक राम्रो हुन्छ ।
यो साता धर्मकर्म तथा
समाजसेवामा मन लाग्नेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । एकपछि अर्को
अवसर आउनाले मन प्रसन्न रहनेछ । विशिष्ट व्यक्तिको साथ पाइनेछ । सामाजिक क्षेत्र र
नोकरीबाट मानसम्मान मिल्नेछ । अधुरो र आँटेको कार्य पुरा होला । शेयर बजारमा गरेको
लगानीले पनि राम्रै प्रतिफल देला । यो साताका लागि शुभ अङ्क २,६ र शुभ रङ्ग सिन्दुरे हो । कुनै
शुभकर्म गर्नु पूर्व महालक्ष्मीजीको दर्शन गरे सफलता मिल्नेछ ।
यो साता भाग्यले साथ दिनेछ ।
दाम, इनाम र
प्रतिष्ठा कमाउने बेला छ । सफल र माइलो यात्राको योग रहेको छ । रोकिएका घरायसी तथा
अन्य काममा उन्नति र प्रगतिको वातावरण बन्नेछ । वैदेशिक क्षेत्रको कार्य अघि
बढ्नेछ । धार्मिक कार्यमा रुचि बढ्नेछ, तर शेयर बजारबाट भने नोक्सानी
हुन सक्छ । यो साताका लागि शुभ अङ्क १,७ र शुभ रङ्ग सुन्तला हो । कुनै
शुभकर्म गर्नु पूर्व दुर्गाजीको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक राम्रो हुनेछ ।
यो हप्तामा नजिकको व्यक्तिबाट
सहयोग पाइनेछ । नयाँ नयाँ कार्यको अवसर मिल्नेछ । अनावश्यक खर्चबाट बच्न सकिन्छ ।
नजिकको मित्रसँग भेटघाट हुनेछ । सामाजिक र कूटनैतिक क्षेत्रमा सफलता मिल्नेछ ।
कार्य सम्पादनमा सहजता मिल्नेछ । धर्म कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन पनि
लाग्नेछ । यो साताका लागि शुभ अङ्क ३,८ र शुभ रङ्ग गुलाबी हो । कुनै
शुभकर्म गर्नु पूर्व गणेशजीको स्मरण गरि कार्य आरम्भ गर्दा राम्रो हुनेछ ।
यो साता यात्रा गर्दा सचेत
हुनुपर्नेछ । स्वास्थ्य प्रति सजगता अपनाउन जरूरी छ । ताके अनुरूप काम नबन्नाले
दिक्क लाग्ने र शेयर बजार तथा व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ । मङ्गलबारबाट
दैनिकी काम सहजै सम्पन्न हुनेछन् । धार्मिक तथा समाजसेवामा मनलाग्ने छ । शुभ
कार्यको योजना पनि बन्नेछ । यो साताका लागि शुभ अङ्क १,६ र शुभ रङ्ग रातो हो । कुनै
शुभकर्म गर्नु पूर्व महादेवको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक लाभ प्राप्त हुनेछ
।
यो हप्ता विद्या र बुद्धिको
विकास हुनेछ । सहयोगी हातहरू अघि बढ्नेछन् । नयाँ रोजगारको अवसर मिल्नेछ । सामाजिक
क्षेत्र र राजनैतिक कार्यमा सफलता मिल्नेछ । मध्य चुनौतीको सामना गरि गलत निर्णय
लिन पुगिएला सचेत रहनुहोला, शेयर
बजारले पनि राम्रो प्रतिफल नदेला । यो साताका लागि शुभ अङ्क २,९ र शुभ रङ्ग घिउ रङ्ग हो ।
कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि भैरवजीको स्मरण गरि कार्य गर्नाले
सफलता हात पर्नेछ ।
यो साता समाजमा हितको लागि
लाभदायक छलफल हुनेछ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । मनोबल उच्च
नै रहनेछ । पारिवारिक साथ सहयोग र समर्थन मिल्नेछ । मिष्ठान्न भोजनको अवसर मिल्नेछ
। वैदेशिक कार्य र आम्दानी बढाउने काम सुरू गर्न सकिनेछ । यो साताका लागि शुभ अङ्क
६,९ र शुभ
रङ्ग हरियो वा पहेँलो हो । कुनै शुभकर्म गर्नु अघि हनुमानजीको आराधना गरि कार्य
गर्नाले सफलता मिल्नेछ ।
यो साता विशिष्ट व्यक्तिको
सहयोग पाइनेछ । लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुनेछन् । सुन्दर
पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ ।
साताको अन्त्यमा स्वास्थ्यमा समस्या आउन सक्छ । व्यस्तता बढ्नुका साथै सामान हराउन
सक्नेछ । यो साताका लागि शुभ अङ्क ७,८ र शुभ रङ्ग सेतो वा कालो हो ।
कुनै शुभकर्म गर्नु पूर्व शिवजीको स्मरण गर्नाले सफलता हात पर्नेछ ।
यो साता माध्यम नै रहनेछ । आफूलाई कमजोर भएको अनुभूति पनि हुनेछ । मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ । अध्ययन तथा अध्यापनमा समय बढि नै लगानी गर्नुपर्ने देखिन्छ । मध्य सातामा दैनिक कार्यहरूमा प्रगति हुनेछ । शेयर बजार तथा वित्तिय संस्थाबाट लाभ मिल्नेछ । यो साताका लागि शुभ अङ्क ३,८ र शुभ रङ्ग गुलाबी वा निलो हो । शुभकर्म गर्नु पूर्व हनुमानजीको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक लाभ प्राप्त हुनेछ ।
- ज्यो.प. नारायणप्रसाद दुलाल
राशिफल जे जस्तो भएपनि तपाईंको यो साता शुभ रहोस् ।