झगनखबर.कम
मेष चु,
चे, चो, ला, लि, लु, ले, लो, अ
साताको सुरुका दिनमा लामो समयदेखि रोकिएका
अधुरा काम पुनः सुरु हुन सक्छ । मनोरञ्जनका साथै धार्मिक यात्रामा रुचि बढ्नेछ ।
पठनपाठनका क्षेत्रबाट लाभ लिन सकिनेछ । मध्य साताबाट क्रोध, प्रतिशोध, रिसराग र आवेग माथि
नियन्त्रण गर्नु राम्रो हुनेछ । स्वास्थ्य प्रति पनि सचेत रहनुहोला । यो साताका
लागि शुभ अङ्क ३,५ र शुभ रङ्ग घ्यू रङ्ग वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व
शिव भगवानको स्मरण गर्दा अधिक लाभ मिल्नेछ ।
वृष इ, उ,
ए, ओ,
वा, वि,
वु, वे,
वो
यो साता मन पर्ने वस्त्र, अलंकार आदि उपहार
पाइने योग छ । रोकिएका महत्त्वपूर्ण कामको पुन: थालनी हुनसक्छ । वैदेशिक क्षेत्रको
काम भने विस्तारै अगाडि बढ्न सक्छ । राजनैतिक र सामाजिक क्षेत्रमा सफलता मिल्नेछ ।
जग्गाजमिनको कारोबार गर्दा राम्रो प्रतिफल आउन सक्छ । यो साताका लागि शुभ अङ्क ५,८ र शुभ रङ्ग खैरो
वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व महालक्ष्मीजीको दर्शन गरि कार्य आरम्भ
गर्दा अधिक लाभ मिल्नेछ ।
मिथुन का, कि,
कु, घ,
ङ, छ,
के, को,
हा
यो साता झन्झटिलो काममा संलग्न हुनुपर्ने
समय छ । हल्लाको भर पर्दा दुख पाइने र गरेका काममा ढिलासुस्ती हुनेछ । शरीरमा
स्फूर्ति र उमङ्गको कमी हुनेछ । मध्य सातामा शुभकार्यको चर्चा चल्नेछ । शेयर
बजारको कारोबारमा सफलता पाइनेछ । यो साताका लागि शुभ अङ्क २,८ र शुभ रङ्ग
सुन्तला रङ्ग वा निलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि
दुर्गाजीको दर्शन गरि आरम्भ कार्य गर्दा अधिक सफलता मिल्नेछ ।
कर्कट हि, हु,
हे, हो,
डा, डि,
डु, डे,
डो
यो साता धार्मिक तथा समाज
सेवामा मन लाग्नेछ । जुक्तिको प्रयोग गर्न सके एकपछि अर्को अवसर आउने र मन पनि
प्रसन्न रहनेछ । सामाजिक कार्यमा मन जानेछ । शेयर बजारबाट लाभ नै होला । राजनैतिक
क्षेत्रमा पनि राम्रै सफलता मिल्नेछ । यो साताका लागि शुभ अङ्क २,९ र शुभ रङ्ग पहेँलो वा गुलाबी
हो । कुनै शुभकर्म गर्नु पूर्व वा घरबाट निस्कनु अघि बगलामुखीको दर्शन गरि कार्य
आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
सिंह मा,
मि, मु, मे, मो, टा, टि, टु, टे
यो साता आफ्नो
कर्तव्य तथा समाजसेवामा मन लाग्नेछ । लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा
हुनेछन् । शुभ कार्यमा सरिक भइनेछ । साताको अन्त्यमा बोलीको विपरीत अर्थ लाग्नसक्छ
अतः संयम रहनु होला । आर्थिक मन्दी पनि आउन सक्छ । यो साताका लागि शुभ अङ्क ३,६ र शुभ रङ्ग खैरो वा रातो हो । कुनै शुभकर्म
गर्नु पूर्व विष्णु भगवानको दर्शन गरि कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
कन्या टो, पा, पि,
पु, ष,
ण, ठ,
पे, पो
यो साता रमणीय र सुखद् यात्राको योग छ ।
प्रविधि मार्फत साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला । धार्मिक र सांस्कृतिक
सभासमारोहमा सरिक हुने अवसर मिल्नेछ । मध्य सातामा अरुको भलाइका लागि दौडधुप गर्नु
पर्नेछ । यो साताका लागि शुभ अङ्क २,६ र शुभ रङ्ग आकाशे रङ्ग हो । कुनै शुभकर्म
गर्नु पूर्व वा यात्रामा जानु अघि आफ्नो इष्टदेवताको स्मरण गरि कार्य आरम्भ गर्दा
शुभ फल प्राप्त हुनेछ ।
तुला रा, रि, रु, रे, रो, ता, ति, तु, ते
यो साता शंका तथा डरका कारण बनिसकेको काममा
दुबिधा उत्पन्न हुन सक्छ । अरुको भरपर्दा धोकामा परिने हानी हुने र विश्वास
गुम्नसक्छ । मध्य सातामा भने शुभकार्यको चर्चा चल्नेछ । वैदेशिक र न्यायिक कार्यमा
सफलता मिल्नेछ । मनोरञ्जनका साथै धार्मिक कार्यमा रुचि पनि बढ्नेछ । यो साताका
लागि शुभ अङ्क ४,६ र शुभ रङ्ग गुलाबी वा घिउ रङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व
गणेशजीको दर्शन गर्नाले अधिक सफलता मिल्नेछ ।
वृश्चिक तो, ना,
नि, नु, ने,
नो, या, यि,
यु
यो साता नयाँ ज्ञान सिक्ने मौका
मिल्नेछ । प्राविधिक तथा टेक्निकलका क्षेत्रबाट बढी सफलता मिल्नेछ । कुनै कुरा र
समाचारले मनमा शान्ति छाउनेछ । बोलीको भरमा कार्य सम्पादन हुनेछ । साताको अन्त्यमा
बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ । प्रेममा मनमुटावका साथै मन कमजोर
रहला । यो साताका लागि शुभ अङ्क १,७ र शुभ रङ्ग सेतो वा हरियो हो
। कुनै शुभकर्म गर्नु पूर्व शिवजीको दर्शन गर्नाले अधिक लाभ मिल्नेछ ।
धनु ये, यो, भा,
भि, भु,
धा, फा,
ढा, भे
यो साता आज नयाँ कार्य वा रोजगारको अवसर
मिल्नेछ । समाजसेवा र राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । धार्मिक, सामाजिक र अरुको हित
हुने काममा समय व्यतीत । नयाँ व्यक्तिसँग भेटघाट र सहकार्य गर्ने समय छ । शेयर
बजार भने सामान्य नै रहनेछ । यो साताका लागि शुभ अङ्क १,७ र शुभ रङ्ग कालो
हो । कुनै शुभकर्म गर्नु अघि महादेवको आफ्नो कूल देवताको स्मरण गरि कार्य गर्नाले
सफलता मिल्नेछ ।
मकर भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
यो हप्ता अचल सम्पत्ति हात
पर्ने योग छ । पठनपाठन र प्राज्ञिक क्षेत्रबाट लाभ मिल्नेछ । रोकिएको काम
दोहोर्याएर प्रयत्न गर्दा सफलता मिल्नेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । आफ्नो
क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । यो साताका लागि शुभ अङ्क १,८ र शुभ रङ्ग सेतो वा रातो हो ।
कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि नवग्रहको दर्शन गरि कार्य आरम्भ
गर्दा अधिक सफलता मिल्नेछ ।
कुम्भ गु, गे, गो,
सा, सि,
सु, से,
सो, दा
यो हप्ता अध्ययनमा त्यति ध्यान
दिन नसकिएला । गरेको काममा ढिलासुस्ती हुनेछ । स्वास्थ्य प्रतिकूल र चोटपटकको भय छ
सचेत रहनुहोला । मनमा चञ्चलता समेत बढ्नेछ । मध्य साताबाट धर्म, कर्म तथा समाजसेवामा मन लाग्नेछ
। आकस्मिक धन लाभ हुनेछ । यो साताका लागि शुभ अङ्क १,७ र शुभ रङ्ग सेतो हो । शुभकर्म
गर्नु पूर्व हनुमानजीको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
मीन दि, दु, थ,
झ, ञ,
दे, दो,
चा, चि
यो साता छोटो दुरीको लाभदायक यात्रा रहला ।
प्रेमीबाट विषेश सहयोग मिल्नेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । सुन्दर
पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ ।
सातको मध्यमा भने लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिएला । यो
साताका लागि शुभ अङ्क २,६ र शुभ रङ्ग पहेँलो वा खैरो हो । कुनै शुभकर्म गर्नु अघि
हनुमानजीको दर्शन गरि कार्य गर्नाले अधिक लाभ मिल्नेछ ।
राशिफल जे जस्तो भएपनि तपाईंको यो साता शुभ रहोस् ।
- ज्यो.प.
नारायणप्रसाद दुलाल