झगनखबर
जेठ २९ । प्युठान जिल्लाको स्वर्गद्वारी मन्दिर दर्शन गरेर फर्कँदै गरेको कार दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । लु १ च ६३४५ नम्बरको निजी कार स्वर्गद्वारी नगरपालिका ४ भिङ्ग्रीकोटमा सडकबाट तल खसेको थियो । कारमा सवार आठैजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ । मृत्यु हुनेमा लमही नगरपालिका ५ का कार चालक ताराबहादुर कुमाल, लमही ७ वस्ने वर्ष ४० को गोविन्द शाह, उहाँकी श्रीमती वर्ष ३० की राधा नेपाली र छोरा वर्ष ९ को आदित्य शाह, तुल्सीपुर उपमहानगरपालिका १५ बस्ने वर्ष ३५ की सरिता शर्मा पोख्रेल, उनका छोरा वर्ष १४ का विशाल पोख्रेल र वर्ष ९ का विकास पोख्रेलको मृत्यु भएको प्रहरीले जनाएको छ । १ जना बालकको भने सनाखत हुन बाँकी रहेको जनाएका छन् ।
२९ जेठ २०८०, सोमबार ०८:०० मा प्रकाशित
329