खेलक्षेत्रलाई उत्पादन र रोजगारी सँग जोड्नुपर्छ : स्वास्थ्य मन्त्री सुनुवार


झगनखबर

फागुन ११ । कोशी प्रदेशका स्वास्थ्य मन्त्री प्रदिपकुमार सुनुवारले खेलक्षेत्रलाई उत्पादन र रोजगारी सँग जोड्नुपर्ने बताउनु भएको छ । जिल्ला खेलकुद विकास समिति ओखलढुंगाको आयोजनामा भएको जिल्लास्तरिय राष्ट्रपति रनिङ शिल्ड खेलकुदको उद्घाटन गर्दै यस्तो बताउनु भएको हो । खेलकुद उद्घाटन कार्यक्रमका प्रमुख अतिथी एवं कोशी प्रदेशका स्वास्थ्य मन्त्री सुनुवारले खेलकुदमा विकास भईरहे पनि यसलाई उत्पादन र रोजगारी सँग जोड्न नसकेको बताउनु भयो । पछिल्लो समयमा खेलकुदमा विकास सँगसँगै रोजगारी र उत्पादन सँग जोड्न सक्नु पर्नेमा जोड दिनुभयो । ओखलढुंगा जिल्लाले खेलक्षेत्रमा विकास गर्दै राष्ट्रिय खेलाडीहरु उत्पादन गर्न सफल भएको पनि बताउनु भयो । पछिल्लो समयमा राष्ट्रिय खेलाडी उत्पादन तथा व्यावसायिक रुपमै संलग्नता हुन थालेको पनि बताउनु भयो । कार्यक्रममा बोल्दै आगामी बजेट निर्माणमा खेलकुद क्षेत्रको विकासका लागी बजेटको व्यवस्था गर्ने प्रतिबद्धता समेत गर्नु भएको छ ।

जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता रुम्जाटार माध्यमिक विद्यालय रुम्जाटारको खेलकुद मैदानमा शुक्रबार बाट शुरु भएको छ । 

प्रतिक्रिया