झगनखबर
यो साता चलाखीपूर्ण बोलीले
कार्य सिद्ध हुनसक्छ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । आफन्तसँग रमाइलो भेटघाट
हुनेछ । धर्म, तथा
समाजसेवामा मन लाग्नेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । कुनै
कुराले मनमा शान्ति छाउनेछ । पुँजी बजारमा लगानी गर्दा पछि फाइदा हुनेछ । प्रेममा
मधुरता पनि छाउनेछ । यो साताका लागि शुभ अङ्क १,८ र शुभ रङ्ग हरियो वा पर्पल हो
। कुनै शुभकर्म गर्नु पूर्व श्रीकृष्ण भगवानलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा
अधिक सफलता मिल्नेछ ।
वृष : इ,
उ,
ए,
ओ,
वा,
वि,
वु,
वे,
वो
यो साता शुभ कार्यको चर्चा
चल्नाले मनमा शान्ति छाउनेछ । पारिवारिक भेटघाट हुनुका साथै इस्टमित्रहरूसँग
मेलमिलाप हुनेछ । विशिष्ट व्यक्तिको सहयोग मिल्ला । नजिकको व्यक्तिको सहयोगबाट
कार्य पुरा हुनेछ । इच्छा र आकाङ्क्षा पूर्ण हुनसक्छ । परिवारजनको साथले नयाँ आशा
पलाउनेछ । प्रेम सम्बन्धमा पनि सफलता पाइनेछ । यो साताका लागि शुभ अङ्क ४,८ र शुभ रङ्ग पर्पल हो । कुनै
शुभकर्म गर्नु पूर्व आफ्नो अग्रज जनाको आशीर्वाद लिई कार्य गर्नाले सफलता मिल्नेछ
।
यो साता विपक्षीको छलकपट तथा
जालझेलबाट सावधान रहनुपर्नेछ । महत्त्व पूर्ण अवसर गुम्न सक्नेछ । प्रेममा समेत
अविश्वासको वातावरण सिर्जना हुन सक्छ । मध्य साताबाट आतिथ्यपूर्ण सम्मान पाइएला ।
लामो समयदेखि रोकिएका अधुरा कामहरू पूरा हुनेछन् । पुँजी बजारबाट लाभनै मिल्नेछ ।
यो साताका लागि शुभ अङ्क २,६ र शुभ
रङ्ग घ्यू रङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व शिवजीको दर्शन गरी कार्य आरम्भ
गर्नाले अधिक लाभ र सफलता हात पर्नेछ ।
यो साता स्कृतिक क्षेत्रमा रुचि
बढ्ने र धार्मिक कार्यमा सहभागी भइनेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ ।
मनोरञ्जनका कार्यमा रुचि बढ्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । बन्धु
बान्धवबाट विशेष सहयोग मिल्नेछ । घरमा अतिथिको आगमन हुनेछ । व्यापार व्यवसायबाट
आम्दानी हुनेछ । रोजगारको अवसर पनि मिल्नेछ । यो साताका लागि शुभ अङ्क ४,९ र शुभ रङ्ग पहेँलो वा खैरो हो
। कुनै शुभकर्म गर्नु पूर्व क्ष्म्मीनारायणको दर्शन गरी कार्य गर्दा राम्रो हुनेछ
।
यो सातामा धार्मिक यात्राको योग
छ । पढाई लेखाइमा उत्कृष्ट नतिजा ल्याउन सकिनेछ । विशिष्ट व्यक्तिबाट पुरस्कार तथा
हौसला प्राप्त हुनेछ । अध्ययनअध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ
। मन पर्ने वस्त्र, अलंकार
आदि पाइने योग छ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउला । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ ।
यो साताका लागि शुभ अङ्क २,८ र शुभ
रङ्ग कालो सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व हनुमानजीको स्मरण गर्नाले अधिक
सफलता हात पर्नेछ ।
यो साताको सुरुका दिनमा धैर्य गरी मिहिनेत
गरेमा कार्यसिद्धि हुनसक्छ । अध्ययनमा रुचि जाग्नुका साथै नयाँ कमको योग रहेको
देखिन्छ । धार्मिक र सांस्कृतिक समारोहमा सरिक हुने सम्भावना छ । साताको मध्य
भागमा आफूलाई कमजोर भएको अनुभूति हुनेछ । नजिकका व्यक्तिसँग वादविवाद र झमेलामा
परिनेछ । यो साताका लागि शुभ अङ्क १,४ र शुभ रङ्ग निलो हो । कुनै शुभकर्म गर्नु
पूर्व विष्णुजीको स्मरण गरी यात्रा गर्नाले सफलता मिल्नेछ ।
यो साता आफैँले गरेका निर्णय कार्यान्वयन
गर्न धौधौ पर्नेछ । प्रतिस्पर्धीहरूले तपाईंको खुट्टा तान्ने प्रयास गर्नसक्छन् ।
कसैसँग बोल्दा वा ठट्टा गर्दा बढी सतर्कता अपनाउनुहोला । मालसामान हराउन सक्छ ।
आर्थिक क्षेत्रमा पनि सङ्कट आउन सक्छ । साताको अन्त्यमा विशेष यात्राका अवसरहरू
मिल्नेछन् । टाढिएका मित्रसँग नजिकिने समय पनि रहेको छ । यो साताका लागि शुभ अङ्क
६,७ र शुभ रङ्ग गुलाबी
हो । कुनै शुभकर्म गर्नु पूर्व शिवजीको दर्शन गर्नाले अधिक सफलता हात पर्नेछ ।
यो साता प्राविधिक कार्यबाट सफलता मिल्नेछ
। नयाँ वस्त्र या उपहार पाइनेछ । प्रेम र मित्रताको सुखमा रमाउने समय छ । कुनै
महत्त्वपूर्ण कामको जिम्मेवारी आइलाग्नसक्छ । वैदेशिक कार्य अघि बढ्नेछ । टाढिएका
मित्रसँग नजिकिने समय छ । रमणीय र सुखद् यात्राको योग पनि छ । मध्य सातामा
झन्झटिलो काममा संलग्न हुनुपर्ने समय छ । यो साताका लागि शुभ अङ्क १,३ र शुभ रङ्ग पर्पल
वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व गणेशजीको दर्शन गरी कार्य आरम्भ गर्नाले
अधिक सफलता हात पर्नेछ ।
यो हप्तामा लामो समयदेखि
रोकिएका कामहरू पुरा हुनेछन् । कुनै कुराले मनमा हर्ष, उमङ्ग र उत्साह व्याप्त हुनेछ ।
रोकिएका काम पुनः सुरु हुन सक्छन् । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । भौतिक
वास्तु खरीद बिक्रीको योग पनि छ । मध्य सातामा आफूलाई कमजोर भएको अनुभूति हुनेछ ।
अनावश्यक ठाउँमा धन खर्च बढ्न सक्छ । यो साताका लागि शुभ अङ्क ५,९ र शुभ रङ्ग खैरो वा कालो हो ।
कुनै शुभकर्म गर्नु पूर्व गणेशजीको स्मरण गरी कार्य आरम्भ गर्नाले अधिक सफलता हात
पर्नेछ ।
यो हप्तामा आज मङ्गल कार्यको
योग छ । रमणीय र सुखद् यात्राको योग छ । आफन्तहरूको सहयोगले कामहरू अगाडि बढ्नेछन्
। नसोचेको ठाउँबाट धन हात पर्नेछ । कला, साहित्य तथा लगानीको सम्भावना छ
र फाइदा नै हुनेछ । आर्थिक तथा सेयर कारोबारमा पनि राम्रै लाभ हुनेछ, तर निर्णायक क्षमतामा कमी आउनेछ
। यो साताका लागि शुभ अङ्क ५,९ र शुभ रङ्ग सुन्तलारङ हो । कुनै शुभकर्म गर्नु पूर्व
बगलामुखीको दर्शन गरी कार्य आरम्भ गर्नाले सफलता मिल्नेछ ।
यो साता कलहको योग भएकाले
कसैसँग बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनुहोला । गरेको काममा ढिलासुस्ती हुनेछ
। पुँजी बजारमा नोक्सानी हुनसक्छ । यात्रामा सावधानी अपनाउनु पर्नेछ ।
हेलचेक्र्याइँले काममा उल्टो परिणाम दिन सक्छ । चलाखीपूर्ण बोलीले काम सफल हुनसक्छ
। साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला । यो साताका लागि शुभ अङ्क ३,७ र शुभ रङ्ग गुलाबी हो । कुनै
शुभकर्म गर्नु पूर्व भैरवजीको दर्शन गर्नाले सफलता हात पर्नेछ ।
यो साता शुभकार्यको चर्चा चल्नेछ । परीक्षा
आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ । आर्थिक र व्यवसायिक समस्या समाधान
हुनेछन् । मित्र जनको साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुनेछ । शेयर कारोबारमा
लगानी गर्दा पछि फाइदा मिल्नेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य
सुखमा रमाउने समय छ । यो साताका लागि शुभ अङ्क ५,६ र शुभ रङ्ग रातो वा घ्यू रङ्ग हो । कुनै
शुभकर्म गर्नु पूर्व महादेवको स्मरण गरी आरम्भ गर्दा अधिक लाभ हुनेछ । र
राशिफल जे जस्तो भएपनि तपाईंको यो साता शुभ रहोस् ।