झगनखबर
असार ८ ।
मुख्यमन्त्री कप नकआउट फुटबल प्रतियोगिता इलाम र संखुवासभा फाइनलमा प्रबेश गरेका
छन् । ओखलढुंगा सदरमुकामको खेलमैदानमा शुक्रबार भएको सेमीफाइनल खेलमा ओखलढुंगा र
खोटाङलाई हराउदै इलाम र संखुवासभा फाइनलमा प्रबेश गरेका हुन् । शुक्रबार पहिलो
चरणमा भएको इलाम र ओखलढुंगा बिचको प्रतिस्पर्धामा इलामले १‐० गोलअन्तरले ओखलढुंगालाई हराउदै आफ्नो
फाइनल पुग्ने लक्ष्य पुरा गरेको छ । खेलको पहिलो हाफमा गोल गर्न नसकेपछि गोलरहित
बराबरीमा सकिएको थियो । देश्रो हाफको ३८ औ मिनेटमा इलामको तर्फबाट जर्सी नं १२ का
खेलाडी विशाल तामाङले गोल गरेका थिए । यहि गोल नै इलामका लागी फाइनलमा प्रबेश
गर्ने पुल बनेको थियो । ओखलढुंगाले गरेको उत्कृष्ट गोलले अफसाइड भएका कारण गोलले
मान्यता पाउन सकेन । ओखलढुंगाले खेल समयमा उत्कृष्ट खेल प्रदर्शन गरे पनि गोल गर्न
नसक्दा फाइनल खेल्ने सपना अधुरै रह्यो ।
दोश्रो चरण भएको
संखुवासभा र खोटाङ बिचको प्रतिस्पर्धामा संखुवासभाले १‐० गोलअन्तरले खोटाङलाई हराउदै फाइनल पुग्ने
लक्ष्य पुरा गरेको हो । पहिलो हाफको २५ औ मिनेटमा जर्सी नं १० का खेलाडी मन्दिप
राइले गरेको गोल नै संखुवासभाका लागी फाइनल पुग्ने पुल बनेको थियो । खोटाङले गोल
गर्ने थुप्रै अवसरहरु गुमाएको थियो । गोलकिपरको उत्कृष्ट प्रदर्शनका कारण थप गोल
खाने चुनौती बाट भने खोटाङ मुक्त भएको थियो । पहिलो हाफको २५ औ मिनेटमा गोल गर्न
सफल भएको संखुवासभा दोश्रो हाफमा भने गोल गर्न सकेन । पहिलो हाफको १ गोल नै
संखुवासभाको लागी फाइनल प्रबेश गर्ने माध्याम बनेको थियो ।
फाइनल खेलमा
संखुवासभा र इलाम प्रतिस्पर्धा गर्नेछन् । यि दुइ बिचको फाइनल खेल प्रतिस्पर्धा
ओखलढुंगा सदरमुकामको खेलमैदानमा शनिबार हुनेछ ।