झगनखबर
फागुन ६ । नेपथ्थे युवा समाजद्वारा आयोजित खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । फागुन ४ गतेबाट शुरु भएको प्रतियोगिता आइतबार सम्पन्न भएको हो । खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि आयोजक टिम ए ले हात पारेको छ । सिद्धिचरण नगरपालिका ९ ज्यामिरे नेपथ्थे युवा समाजको आयोजनामा भएकोे खेलमा आयोजक टिम ए ले सूर्योदय युवा क्लब सल्लेरीलाई सोझो सेटमा हराउँदै उपाधि हात पारेको छ । प्रथम हुने टिमले नगद रु १ लाख १ हजार १ सय ११ सहित ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता हुने टिम सूर्योदय युवा क्लब सल्लेरीले नगद रु ५१ हजार १११ का साथमा ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगिता अन्तर्गत सेमिफाईनलमा प्रबेश गर्ने दुई टिम नेपथ्थे युवा समाज बि र खिजिदेम्बा गाउँपालिकाले नगद रु २५ हजार १११ सहित प्रमाणपत्र प्राप्त गरेका छन् । पुरस्कार कार्यक्रमका प्रमुख अतिथी कोशी प्रदेशका खेलकुद विकास समितिका सदस्य सचिव हंशराज वाग्लेले वितरण गर्नु भएको थियो ।
पुरस्कार वितरण गर्नुहुदै प्रमुख अतिथी हंसराज वाग्ले :

विजेता र उपविजेता भलिबल खेल्दै :
सोलो बाइक रेस ४० मिटर मा शुसिल कार्की प्रथम, मनमोहन श्रेष्ठ द्धितिय र दिपेश खत्री तेश्रो स्थान हाँसिल गर्न सफल भएका छन् । प्रथम, द्धितिय र तृतिय हुनेहरुलाई क्रमशः नगद रु ६ हजार १११, ४ हजार १११ र २ हजार १११ सहित प्रमाण पत्र वितरण गरिएको थियो ।
सोलो बाइक रेस :
