झगनखबर
फागुन १४ । ओखलढुंगाको जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सिद्विचरण नगरपालिका प्रथम भएको छ । सोमबार सम्पन्न प्रतियोगितामा सिद्दिचरण नगरपालिका २६ स्वर्ण, ११ रजत र १२ कास्य सहित प्रथम भएको हो । १५ स्वर्ण, १ रजत र १७ कास्य सहित मानेभञ्ज्याङ गाउँपालिका दोस्रो भएको छ भने १० स्वर्ण र १ रजत सहित चम्पादेवी गाउँपालिका तेस्रो भएको छ ।
रुम्जाटार माबिको खेलमैदान रुम्जाटारमा भएको प्रतियोगितामा जिल्लाका ८ वटै स्थानिय तहहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा भलिबल छात्र, छात्रा , कबड्डी छात्र, छात्रा एथलेटिक्स, खेल समावेश भएको जिल्ला खेलकुद विकास समिति ओखलढुंगाका जिल्ला खेलकुद विकास समिति ओखलढुंगाका अध्यक्ष प्रवीण श्रेष्ठले जानकारी दिनुभयो ।
प्रतियोगितामा हाईजम्प, लमजम्प, त्रिपलजम्प,
ज्याभलिङ थ्रो र सटपुट समावेश गरिएको
कार्यालय प्रमुख वाल कुमार खनालले बताउनुभयो । । यसैगरी मार्सल आर्टका विभिन्न
विधाहरु समेत प्रतियोगितामा समावेश गरिएको आयोजकले जनाएको छ । जिल्ला खेलकुद बिकास
समिति ओखलढुंगाको आयोजना र रुम्जाटार मावि ओखलढुंगाको व्यवस्थापनमा सम्पन्न भएको छ
।