झगनखबर
माघ २९ ।ओखलढुंगा जिल्लाको सिद्धिचरण नगरपालिका
वडा नं ९ स्थित ज्यामिरेमा नेपथ्थे युवा समाजले खेलकुद प्रतियोगिता गर्ने भएको छ ।
अन्तरपालिका स्तरिय पुरुष भलिबल प्रतियोगिता, ३
हजार मिटर खुल्ला दौड प्रतियोगिता र स्लो बाइक रेस प्रतियोगिता गरिने भएको हो ।
प्रतियोगिता फागुन ४ गते देखि ७ गते सम्म कुन्ता माध्यमिक विद्यालयको
प्राङगणमा सन्चालन हुने आयोजकले जनाएको छ
। नेपथ्थे युवा समाजले सोमबार जिल्ला सदरमुकाम ओखलढुंगामा पत्रकार सम्मेलनको
आयोजना गरी खेलकुदको बारेमा जानकारी दिएका छन् । संस्थाका अध्यक्ष अमृत खड्का र
सचिव धिरेन्द्र खड्काले खेलको बारेमा जानकारी दिनु भएको थियो । खेलाडीहरुलाई
ज्यामिरेमै बस्ने व्यवस्था मिलाइएको र यदि अपुग भएमा सदरमुकाम सम्म ल्याउने लैजाने
गाडीको निशुल्क व्यवस्था गरिएको पनि जनाएका छन् ।
१. पुरुष भलिबल तर्फका पुरस्कारहरु :
प्रथम पुरस्कार : रु १ लाख १ हजार १ सय
११ नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र ।
द्धितिय पुरस्कार : रु ५१ हजार १ सय ११ नगद सहित ट्रफी, मेडल प्रमाणपत्र र सेमिफाइनलिष्ट दुइ टिमलाई रु २५ हजार १ सय ११ नगद सहित प्रमाणपत्र दिइने छ । क्वाटरफाइनल बाट म्यान अफ द म्याच घोषणा गर्दै नगद सहित मायाको चिनो प्रदान गरिने जानकारी दिएका छन् । भने भलिबलको टिम दर्ताका लागि रु १० हजार शुल्क लाग्ने पनि जानकारी दिएका छन् ।
२. तीन हजार मिटर खुल्ला दौड तर्फ पुरस्कारहरु :
प्रथम पुरस्कार : रु ६ हजार १ सय ११
नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र ।
द्धितिय पुरस्कार: रु ४ हजार १ सय ११
नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र ।
तृतिय पुरस्कार : रु २ हजार १ सय ११ नगद सहित प्रमाणपत्र बितरण गरिने छ । खुल्ला दौड प्रतियोगितामा सहभागी हुने खेलाडीहरु १५ वर्ष देखि २५ वर्ष भित्रको हुनुपर्ने आयोजकले जनाएको छ । सहभागी दर्ता शुल्क रु ५ सय लाग्ने जानकरी दिएका छन् ।
३. स्लो बाइक रेस तर्फ पुरस्कारहरु :
प्रथम पुरस्कार : रु ६ हजार १ सय ११
नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र ।
द्धितिय पुरस्कार: रु ४ हजार १ सय ११
नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र ।
तृतिय पुरस्कार : रु २ हजार १ सय ११
नगद सहित प्रमाणपत्र बितरण गरिने छ । रेस प्रतियोगितामा सहभागी हुने सहभागिले बाइक
आफैले व्यवस्था गर्नुपर्नेछ । सहभागी दर्ता शुल्क रु ५ सय लाग्ने जनाएका छन् ।