यो साता
धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । मनमा हर्ष, उमङ्ग र
उत्साह छाउनेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ
। मध्य सातामा नजिकका व्यक्तिबाट कार्यमा बाधा आउनसक्छ । यो साताका लागि शुभ अङ्क
१, ३ र शुभ रङ्ग सुन्तला वा पहेँलो हो । कुनै
शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि देवीजीको स्मरण गर्नाले सफलता हात
पर्नेछ ।
वृष : इ,
उ,
ए,
ओ,
वा,
वि,
वु,
वे,
वो
यो हप्ता भाग्यले विभिन्न अवसर
जुराउनेछ । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ । शुभ
समाचार सुन्न पाइने र शुभ कार्यको चर्चा चल्नेछ । सामाजिक उपकारको काममा सहभागी
भइएला । कूटनीतिक नियोगको सहयोग मिल्ला । यो साताका लागि शुभ अङ्क २, ८ शुभ रङ्ग सेतो वा निलो हो ।
कुन शुभकर्म गर्नु पूर्व विष्णु भगवानको स्मरण गरि कार्य आरम्भ गर्दा राम्रो हुनेछ
।
यो सातामा मिश्रित फल मिल्नेछ । शुभ
चिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनसक्छ, तर बुद्धिको उपयोग गर्दा जटिल ठानिएको
कामसमेत सम्पादन हुन सक्छ । आफन्त वा इष्टमित्रसँग पुनर्मिलनको योग पनि रहेको छ ।
यो साताका लागि शुभ अङ्क ३, ६ र शुभ रङ्ग सेतो वा निलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा
यात्रामा जानु अघि हनुमानजीको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक लाभ प्राप्त हुनेछ
।
यो साता रोकिएका काम पुनः सुरु हुन सक्छन्
। सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ । आदर्श व्यक्तित्व सँगको
सहकार्यले नयाँ अनुभव मिल्नेछ । मध्य सातामा प्रेमी र प्रेमिकाका बिच खिन्नता
बढ्नसक्छ । यो साताका लागि शुभ अङ्क ५, ९ र शुभ रङ्ग गुलाबी वा नीलो हो । कुनै
शुभकर्म गर्नु पूर्व शिवजीको दर्शन गरि कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
यो हप्ता समाजसेवामा मन लाग्नेछ । दैनिक
कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । आफूले काम देखाएर अरूको मन लोभ्याउन
सकिनेछ । साताको अन्त्यमा महत्वपूर्ण अवसर गुम्न सक्नेछ । यात्रामा सावधानी
अपनाउनु पर्नेछ । यो साताका लागि शुभ अङ्क १, ८ र शुभ रङ्ग गुलाबी वा कलेजी हो । कुनै
शुभकर्म गर्नु पूर्व भैरवजीको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
यो साता शुभकार्यको चर्चा चल्नेछ । अधुरा
कार्य पूरा गर्न आफन्तबाट सहयोग मिल्नेछ । धर्म, विश्वास, आस्था र सद्भाव पनि बढ्नेछ । सानो
प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । यो साताका
लागि शुभ अङ्क ३, ९ र शुभ रङ्ग सुन्तला वा खैरो हो । कुनै शुभकर्म गर्नु पूर्व वा
घरबाट निस्कनु अघि शिवजीको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
यो साता गरेका काममा ढिलासुस्ती
हुनेछ । सानातिना समस्यामा अल्झिनुपर्ने देखिन्छ । स्वास्थ्यमा गडबडी भई दैनिक
कामकाजमा असर पर्नसक्छ । साताको अन्त्यबाट रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ
। रोकिएका अधुरा र पुराना काम बन्नेछ । यो साताका लागि शुभ अङ्क ३, ७ र शुभ रङ्ग पर्पल वा रातो हो
। कुनै शुभकर्म गर्नु पूर्व सूर्यनारायणको दर्शन गरि कार्य आरम्भ गर्दा अधिक सफलता
मिल्नेछ ।
यो साता सामाजिक क्षेत्रबाट
मानसम्मान मिल्नेछ । नयाँ कमको योजना बन्ने देखिन्छ । नयाँ वस्त्र एवं अलङ्कारको
प्राप्ति हुनेछ । महिला मित्रबाट राम्रो आश्वासन मिल्नेछ । साताको अन्त्यमा नाक
तथा घाँटीमा समस्या आउन सक्छ । घरायसी कामधन्दाका लागि खट्नु पर्ने छ । यो साताका
लागि शुभ अङ्क ३, ८ र शुभ
रङ्ग खैरो वा निलो हो । कुनै शुभकर्म गर्नु पूर्व दुर्गादेवीको दर्शन गरि कार्य
आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
यो हप्तामा लामो समयदेखि रोकिएका अधुरा
कामहरु पुरा हुनेछन् । शुभकार्यको चर्चा पनि चल्नेछ । शेयर बजारबाट पनि राम्रो
सफलता मिल्नेछ, तर अरुको भलाइका लागि दौडधुप गर्नु पर्नेछ । यो साताका लागि शुभ
अङ्क ५, ६ र शुभ रङ्ग घ्यू
रङ्ग वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि महामृत्युञ्जय
भगवानको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।
यो साता छोटो दुरीको लाभदायक यात्रा हुनेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । रमाइलो यात्रा हुने तथा मान सम्मान मिल्नेछ । नोकरी गर्नेले मानसम्मान पाउने छन् । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेको छ । यो साताका लागि शुभ अङ्क ४, ८ र शुभ रङ्ग गुलाबी वा खैरो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विष्णु भगवानको दर्शन गरि कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।
यो साता मध्यम छ, व्यक्तिगत स्वास्थ्य
र यात्रा प्रति सतर्क रहनु पर्नेछ । राजनैतिक र सामाजिक प्रतिष्ठा कायम राख्न
लगानी गर्ने समय आएको छ । मध्य सातामा विचार पुर्याएर निर्णय लिनु राम्रो होला
साथै नियमित खर्चसमेत बढ्ने योग छ । यो साताका लागि शुभ अङ्क ६,७ र शुभ रङ्ग आकाशे
नीलो हो । कुनै शुभकर्म गर्नु अघि हनुमानजीको स्मरण गरि कार्य आरम्भ गर्नाले अधिक
सफलता मिल्नेछ ।
यो साता नयाँ वस्त्र, अलङ्कारको प्राप्ति
हुनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । कूटनीतिक नियोग र वैदेशिक
कार्यबाट प्रशंसा मिल्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ, तर स्वास्थ्य प्रति
सजग रहनु पर्नेछ । यो साताका लागि शुभ अङ्क २, ७ र शुभ रङ्ग घिउ रङ्ग हो । कुनै शुभकर्म
गर्नु पूर्व वा यात्रामा जानु अघि विघ्नहर्ता गणेशजीको पूजा अर्चना गरि गरेको
कार्यबाट अधिक सफलता मिल्नेछ ।
राशिफल जे जस्तो भएपनि तपाईंको यो साता शुभ रहोस् ।
- ज्यो.प.
नारायणप्रसाद दुलाल