ओखलढुंगामा मुख्यमन्त्री कप पुरुष फुटबल प्रतियोगिता शुरु

झगनखबर

  असार ४ । कोशी प्रदेशस्तरीय मुख्यमन्त्री कप पुरुष फुटबल प्रतियोगिता ओखलढुंगामा शुरु भएको छ । प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेशको आयोजनामा ओखलढुंगा सदरमुकाम स्थित खेलमैदानमा सोमबार बाट प्रतियोगिता शुरु भएको हो । ४ गतेबाट शुरु गरिएको प्रतियोगिता असार ९ गते सम्म खेलाईनेछ । युवा तथा खेलकुद मन्त्रि डिगबहादुर लिम्बुको प्रमुख आतिथ्यमा कार्यक्रमको उद्घाटन गरिने आयोजक टिमले जनाएका थिए । मौसमको कारण देखाउदै उद्घाटन कार्यक्रममा  मन्त्री लिम्बु उपस्थित हुनु भएन । मन्त्रिलाई स्वागत गर्न खेलमैदानमा उपस्थित भएका स्थानियबासी मन्त्रि नआएपछि त्यतिकै फर्केका थिए । लामो समयसम्म तातो घाममा मन्त्रिको स्वागत गर्न बसेका स्थानियबासी मन्त्रिको स्वागत गर्न नपाएपछि मन्त्री आउने भनेर आयोजकले छलगरेको गुनासो गरेका थिए ।

कार्यक्रममा मन्त्री लिम्बु उपस्थित नभएपछि कोशी प्रदेश सभा सदस्य माननिय प्रदिप कुमार सुनुवारले कार्यक्रमको उद्रघाटन गर्नु भएको थियो ।  प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्लेको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा कोशी प्रदेश सभा सदस्य माननिय प्रदिप कुमार सुनुवार, सिद्धिचरण नगरप्रमुख तेजेन्द्र खनाल,गाउँपालिकाका प्रमुखहरु जिल्लास्थित कार्यालयका प्रमुखहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य सुनुवारले, कोशी प्रदेश सरकारले अध्यादेश मार्फत ल्याएको बजेट प्रतिपक्ष सांसदहरुलाई जानकारी नभएकोले बजेट कार्यान्वयन नहुने बताउनु भयो । कोशी प्रदेशमा  छिटै गठबन्धनको सरकार बन्ने र त्यो सरकारले पुरक बजेट ल्याउने बताउनु भयो । साथै उहाँले सदरमुकाम स्थित भएको खेलमैदानलाई स्तरोन्नती गर्नको लागि बजेटको ब्यवस्था गर्ने प्रतिबद्धता जनाउदै, प्रत्येक स्थानिय तहमा खेलमैदान निर्माण गर्न पहल गर्ने बताउनु भयो ।

कार्यक्रममा बोल्दै सदस्यसचिव वाग्लेले ओखलढुंगा जस्तो पहाडी जिल्लामा प्रदेशस्तरिय खेलकुद प्रतियोगिता सन्चालन गर्न सफल भएकोमा आफु धेरै खुशि भएको बताउनु भएको थियो । उहाँले पहिलो पटक ओखलढुंगामा मुख्यमन्त्रि कप फुटबल गराउन सफल भएकाले, फुटबल  प्रतियोगिता सफल्तापुर्वक सम्पन्न गराउन सबै जिल्लाबासी एवं सरेकारवाला निकायहरुले सहयोग गर्नुपर्ने बताउनु भएको थियो ।

सोमबार भएको उद्घाटन खेलमा  ४ जिल्लाका ४ टिमको खेल प्रतियोगिता सम्पन्न भएको थियो । बिहान सोलुखुम्बु र ओखलढुंगा बिचमा प्रतिसपर्धा भएको थियो भने दिउँसो उदयपुर र मोरङ बिच प्रतिस्पर्धा भएको थियो । बिहान भएको प्रतिस्पर्धामा ओखलढुंगाले १ का बिरुद्ध ३ गोलअन्तरले सोलुलाई जितेको थियो । ओखलढुंगाका जर्सी नम्बर ११ का खेलाडी सन्जय गुरुङले खेल सुरु भएको  ३६ औ मिनेटमा गोल गर्दै शरुवाती खाता खोलेका थिए । यसै गरि जर्सी नम्बर ९ का खेलाडी प्रविन मगरले ३८ औ मिनेटमा गोल गर्दै आफ्नो टिमलाई दोब्बर अग्रता दिलाएका थिए । खेलको ५६ औ मिनेटमा जर्सी नम्बर ११ का खेलाडी सन्जय गुरुङले जिल्लाका लागी तेस्रो र खेलमा आफ्नो ब्यक्तिगत दोस्रो गोल गर्दै जित सुनिश्चिता गरेका थिए ।

खेलको ४९ औ मिनेटमा सोलु खुम्बुका जर्सी नम्बर ६ का खेलाडी थिर राज राईले आफ्नो जिल्लाका लागी गोल गर्दै गोल अन्तर घटाएका थिए ।

दिउसो सम्पन्न भएको दोस्रो खेलमा उदयपुरले मोरङलाई १ सुन्यको अन्तरले जितेको छ । उदयपुरका जर्सी नम्बर १३ का खेलाडी सुनिल खडकाले खेल सकिनै लाग्दा ८८ औ मिनेटमा फ्रि किक मार्फत गोल गर्दै आफ्नो टिमलाई जित दिलाएका थिए ।

मंगलबार पहिलो चरण भोजपुर र धनकुटा विचमा प्रतिस्पर्धा हुनेछ भने दोश्रो चरणमा सुनसरी र पाँचथर विचमा प्रतिसपर्धा हुनेछ तेश्रो चरणमा  तप्लेजुङ र इलामा बिच हुने खेलतालीका भएपनि ताप्लेजुङ बाटोमा गएको पहिरोका कारण उपस्थित हुन नसकेपछि इलाम वाकओभर भई अर्को चरणमा प्रबेश गरेको छ ।

प्रतिक्रिया