मङ्सिर ८ देखि १४ गतेसम्मको साप्ताहिक राशिफल


मेषः चु चे चो ला लि लु ले लो अ

यो साताको प्रारम्भिक समय अनुकूल रहेको छ। व्यापार व्यवसायमा लाभ मिल्नेछ भने सन्तान पक्षबाट शुभ सूचना मिल्नेछ। साताको मध्यमा धन खर्चका योग छन्। वाहन चलाउँदा सावधान रहनुहोस्। साताको अन्तिममा उच्च अधिकारीहरू तपाईंको कामबाट सन्तुष्ट रहनेछन्। साझेदारी व्यापारमा नयाँ लगानीहरू थप्ने समय रहेको छ। जो विद्यार्थी चिकित्सा क्षेत्रमा हुनुहुन्छ उहाँहरूको लागि समय अनुकूल रहेको छ। यो सप्ताहको शुभ रंग रातो र पहेलो रहेको छ भने शुभ अंक १ र ५ रहेको छ।

वृषः इ उ ए ओ वा वि वु वे वो

यो साताको प्रारम्भमा हजुरहरूलाई व्यापार व्यवसायमा हानी हुने योग रहेको छ। सहकारी वा वित्तीय क्षेत्रमा ल‍ोन पास हुनलाई समस्या आउनेछ। साताको मध्य हजुरहरूलाई शुभ रहनेछ भने आर्थिक कारोबारपनि राम्रै रहनेछ। विद्यार्थीहरूलाई सफलता मिल्नेछ। दाम्पत्य जीवन सुखमय रहनेछ। साताको अन्तिममा स्वास्थ्यले साथ नदेला भने प्रेम सम्बन्धमा शंका उत्पन्न हुन सक्छ। वैदेशिक रोजगारमा सफलता मिल्ने योग छ। यो सप्ताहको शुभ रंग गुलाबी र सेतो हो भने शुभ अंक २ र ७ रहेको छ।

मिथुनः का कि कु घ ङ छ के को हा

मिथुन राशिहरू साताको प्रारम्भमा ऊर्जावान रहनुहुनेछ। कार्यक्षेत्रमा सफलता मिल्नेछ। सहयोगीहरुबाट शुभ सूचना मिल्नेछ। साताको मध्यमा माताको स्वास्थ्यलाई लिएर ध्यान दिनुपर्ने हुन्छ। पारिवारिक समस्याले गर्दा मन अशान्त रहन सक्छ। साताको अन्तमा सन्तानको पठनपाठनलाई लिएर चिन्ता रहनेछ भने प्रेम सम्बन्ध वा दाम्पत्य जीवन सुमधुर रहनेछ। भैरवको आराधना गरेर दिन प्रारम्भ गरौं। यो सप्ताहको शुभ रंग निलो र गुलाबी हो भने शुभ अंक ४ र २ रहेको छ।

 कर्कटः हि हु हे हो डा डि डु डे डो

साताको शुरुवात उत्तम रहनेछ। सञ्चित धनमा वृद्धीको साथै नयाँ कार्य हात लागिपर्ला। कार्यक्षेत्रमा शत्रुहरू परास्त हुनेछन्। साताको मध्यमा व्यापार व्यवसायबाट लाभ रहनेछ। विद्यार्थीहरूलाई अध्ययनमा शिक्षकको सहयोग प्राप्त हुनेछ। साताको अन्त्यमा अनावश्यक धन खर्चका योग बनिरहेको छ भने आर्थिक कारोबारमा सल्लाह लिएरै नयाँ निर्णय लिनुपर्ने हुन्छ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। जीवनसाथीको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ । देवी लक्ष्मीको उपासना गरेर दिनको शुरुवात गरौं दिन फलदायी रहनेछ।यो सप्ताहको शुभ रंग सेतो र रातो हो भने शुभ अंक ४,१ रहेको छ।

सिँहः मा मि मु मे मो टा टि टु

सिंह राशिहरूको लागि यो साता उत्साहले भरपूर रहनेछ। कार्यक्षेत्रमा हजुरको इच्छाको पूर्ति हुनेछ। नयाँ नोकरीको खोजमा सफलता मिल्नेछ। अविवाहितहरूलाई विवाहको कुरा टुङ्गिनेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। साताको अन्तमा जीवन साथीको स्वास्थलाई लिएर चिन्ता रहनेछ। साझेदारी व्यापारमा धोखा मिल्न सक्छ। विद्यार्थीहरूलाई पठनपाठनको लागि समय उत्तम रहनेछ। यो सप्ताहको शुभ रंग रातो र हरियो हो भने शुभ अंक २ र ३ रहेको छ।

कन्याः टो पा पि पु ष ण ठ पे पो

साताको प्रारम्भमा स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। खानपानमा ध्यान दिनुपर्ने हुन्छ। वैदेशिक रोजगारको काममा एकपल्ट कागजात जाँच गरेर नै अगाडि बढौं। साताको मध्यमा आर्थिक कारोबारमा नयाँ स्रोतहरू खुल्नेछन्। आफन्तहरूसँगको भेटघाट रमाइलो रहनेछ। साताको अन्तमा कार्यक्षेत्रमा नयाँ कार्य हात लागिपर्नेछ। अध्ययन अध्यापनको लागि समय अनुकूल रहनेछ। यो सप्ताहको शुभ रंग हरियो र सेतो हो भने शुभ अंक ४ र ७ रहेको छ।

 तुलाः रा रि रु रे रो ता ति तु ते

यो साता हजुरलाई सामान्य रहनेछ। मित्रहरुको सहयोग मिल्नुको साथै नोकरीमा पद प्रतिष्ठा बढ्नेछ। साताको मध्यमा बच्चाहरूलाई चिसोबाट जोगाउनुहोस्। आफ्नो खानपानमा ध्यान दिनुहोस् । साताको अन्तमा कारोबार वा नयाँ व्यवसायको लागि समय अनुकुल रहनेछ। जिवनसाथिबाट उपहार मिल्ने योग छ भने प्रेमसँग सम्बन्धित समस्याहरू सुल्झाउन सक्किनेछ। यो सप्ताहको शुभ रंग गुलाबि र सेतो हो भने शुभ अंक ८ र ९ रहेको छ।

वृश्चिकः तो ना नि नु ने नो या यि यु

साताको प्रारम्भमा अग्रिम कार्यहरूबाट शुभ सूचना मिल्नेछ। छर छिमेकी तथा मित्रहरूसँग रमाइलो समय बित्नेछ। साताको मध्यमा सरकारी नोकरीमा पद प्रतिष्ठा बढ्ने योग छ। साताको अन्तमा विद्यार्थीहरूले अध्ययनमा धेरै समय नदिए पनि बौद्धिक स्तरको वृद्धि हुनेछ। पारिवारिक भ्रमणमा धन खर्चको योग छ। यो सप्ताहको शुभ रंग रातो र पहेलो हो भने शुभ अंक १ र ५ रहेको छ।

 धनुः ये यो भा भि भु धा फा ढा भे

साताको प्रारम्भमा आफ्नो सहयोगीहरूसँग मेलमिलाप गर्दा राम्रो हुनेछ। व्यापार व्यवसायमा नयाँ लगानी थप्ने समय रहेको छ। पिताको स्वास्थ्यमा विशेष ध्यान राख्नुहोस्। साताको प्रारम्भमा विद्यार्थीहरूलाई पठनपाठनको लागि समय उत्तम रहनेछ। साताको अन्तिममा शेयर मार्केटबाट ठूलो लाभ मिल्ने सम्भावना छ। बौद्धिक प्रतिस्पर्धामा विजयी रहनुहुनेछ। राजनीतिक क्षेत्रमा नयाँ जिम्मेवारी मिल्नेछ। यो सप्ताहको शुभ अंक १ र ९ हो भने शुभ रंग खैरो र निलो रहेको छ।

मकरः भो जा जि जु जे जो ख खि खु खे खो गा गि

साताको प्रारम्भ स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। आफन्तसँग टाढा हुने सम्भावना छ। साताको मध्यमा यात्राको सम्भावना छ। कार्यक्षेत्रमा पदोन्नतिको योग छ। नयाँ वाहन किन्ने सम्भावना छ। रोकिएका कार्यहरू प्रारम्भ हुनेछन्। कार्यक्षेत्रमा समय भन्दा पूर्व काम सम्पादन हुनेछन् । यो सप्ताहको शुभ रंग सुन्तला र बैजनी हो भने शुभ अंक २ र ७ रहेको छ।

कुम्भः गु गे गो सा सि सु से सो दा

साताको प्रारम्भमा साझेदारी व्यापारबाट लाभ हुने सम्भावना छ। दाम्पत्य जीवन सुखमय रहनेछ। साताको मध्यमा स्वास्थ्यमा भने केही समस्या देखा पर्नेछ। व्यवहारलाई अत्यन्तै संयम राख्नु पर्ने समय छ। वैदेशिक रोजगारमा सफलता पाइनेछ। साताको अन्तिममा धर्म कर्ममा रुचि बढ्नुका साथै घरमा कुनै माङ्गलिक कार्यका योग छन्। प्रेमपक्षलाई विवाहमा टुङ्ग्याउनको लागि अगाडि बढ्नुहोस्। यो सप्ताहको शुभ रंग खैरो र केसरी हो भने शुभ अंक ७ र ३ रहेको छ।

मीनः दि दु थ ‌झ ञ दे दो चा चि

साताको प्रारम्भमा प्रतिस्पर्धामा विद्यार्थीहरूलाई सफलता मिल्नेछ। व्यापार व्यवसायमा धन कमाउने स्रोतहरू बढ्ने भएतापनि धोखा मिल्न सक्ने हुनाले सचेत रहनुहोला। साताको मध्यमा आर्थिक पक्ष मजबुत रहनेछ। प्रेम सम्बन्ध सुखमय रहनेछ। साताको अन्तिममा स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। कार्यक्षेत्रमा श्रमको अनुरूप फल नमिल्ला । मन अशान्त रहनेछ। यो सप्ताहको शुभ रंग पहेलो र सेतो हो भने शुभ अंक ४,७ रहेको छ।

प्रतिक्रिया