क्रिकेट बिजेता खेलाडीलाई जनही ६ लाख पुरस्कार दिइने सरकारको निर्णय


बैशाख २० । एसीसी प्रिमियर कप क्रिकेट विजेता खेलाडीलाई सरकारले जनही ६ लाख रुपैयाँका दरले नगद पुरस्कार दिने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले खेलाडीलाई जनही ६ लाख रुपैयाँ र अफिसियललाई जनही ३ लाख रुपैयाँ नगद पुरस्कार दिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् । मंगलबार भएको फाइनलमा यूएईलाई हराउँदै नेपाल एसीसी प्रिमियर कप  एसिया कप क्रिकेटमा छनोट भएको थियो ।

 खेलकुद पुरस्कार कार्यविधि अनुसार एसीसी प्रिमियर कप क्रिकेट विजेता खेलाडीले जनही ५ लाख रुपैयाँ पुरस्कार पाउने ब्यवस्था रहेकोमा मन्त्रिपरिषदले कार्यविधिमा भएको भन्दा १ लाख थप गरेर  पुरस्कार दिने घोषणा गरेको हो । त्यसै गरी कीर्तिपुर क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय स्तरको खेल मैदान बनाउनका लागि आगामी आर्थीक वर्षको बजेट बाट  आवश्यक रकमको व्यवस्था गर्ने  निर्णय गरेको बताएका छन् ।

 

प्रतिक्रिया