राजकुमार कार्की
फागुन १६ ।
नेपाली कांग्रेस ओखलढुंगाका प्रतिनिधी सभा सदस्यका उम्मेदवार कुमार लुइटेल
गाउँगाउँमा मत माग्दै एक दिन दुख गरिदिन आग्रह गर्दै बाँकी ५ वर्ष आफु दुख गर्ने
बताउनु भएको छ । फागुन २१ गते हुन गईरहेको प्रतिनिधी सभा सदस्यको निर्र्वाचनमा रुख
चिन्हमा मत माग्दै फागुन २१ गते एक दिन
दुख गरि सहयोग गर्न मतदाताहरुसँग आग्रह गर्नुभएको हो ।
जिल्लाका विभिन्न ठाउँमा घरदैलो कार्यक्रममा मत
माग्दै पुग्नुभएका लुइटेलले भन्नुभयो; 'फागुन २१ गते एक दिन मेरा लागि दुख गरेर रुखमा
मतदान गर्नुस ५ वर्ष तपाईको सेवक भएर म दुख गर्नेछु ।’ ओखलढुंगाका जिल्लाका हरेक
नागरिकको समस्यालाई आफ्नो समस्याको रुपमा लिएर समाधानका लागि सधै अग्रसर भएर
लाग्ने समेत बताउनु भयो । हिजो रामहरि खतिवडाले सुरु गर्नुभएका भौतिक, सामाजिक आर्थीक, नैतिक, शैक्षिक लगायतका
विकासलाई सम्पन्न गर्न र नयाँ खालका विकासको समेत सुरुवात गर्न नेपाली कांग्रेसको
रुख चिन्हमा मतदान गर्नुपर्ने जिकिर गर्नुभयो । ओखलढुंगेली नागरिक झुटा आश्वासनमा
हैन, वास्तविक कुरामा
विश्वास गर्ने भन्दै बाल्यकालदेखि यो जिल्लाको विकासमा देखेको सपनालाई पुरा गर्ने
जिम्मेवारी दृढताका साथ सम्पन्न गर्ने बताउनु भयो । बल बहादुर राई, गोपाल राई, होमनाथ दाहाल, चन्द्रकान्त दाहाल, बालाराज कार्की, प्रदिप सुनुवार, रामहरि खतिवडाले
थामेको नेपाली कांग्रेसको विरासत र जिल्लाको समग्र विकासलाई शिरमा राखेर हिड्ने
प्रतिबद्धता समेत गर्नुभयो ।
यो
निर्वाचन अरुबेलाको जस्तो नियमित निर्वाचन नभई अपर्झट हुन लागेकोले नेपाली
कांग्रेसको उपस्थिति विना जनताको हकअधिकार सुनिश्चित गर्ने लोकतन्त्र नै खतरामा
पर्न सक्ने संभावना भएकाले यसलाई जोगाउन नेपाली कांग्रेसलाई देशैभरी जिताउनु पर्ने
तर्क समेत गर्नु भयो । अहिले नयाँ भनिएका दलहरु कुनै अजेन्डा विना, सिद्धान्त विना
राजनीतिक कार्यदिशा विना र भविष्यमा के गर्ने भन्ने नै प्रष्ट नभएका हचुवाका भरमा
आएर नेपाली समाजमा मत मागीरहेका छन्, र भनी रहेका छन्, पुराना दलले ३५ वर्ष
सम्म के गरे ? उहाँहरुलाई मेरो एउटै जवाफ छ, यो देशमा लोकतान्त्रीक गणतन्त्र प्राप्तिका लागि
नेपाली कांग्रेसको नेतृत्वमा ०६२÷०६३ मा नेपालका सर्वसाधरण नागरिकहरु सडकमा हुँदा, आन्दोलन दबाउने नाममा
सर्वसाधरण नागरिक माथी बुट बजार्ने, अश्रुग्याँस हान्ने, सामान्य मानवीय समवेदना समेतको ख्याल नगरी
सर्वसाधरण नागरिकलाई गिरफ्तार गरेर यातना दिई परिवर्तनको विरुद्धमा लाग्ने को थियो ? भन्दै आरोप सहितको
प्रश्न गर्नुभयो ।
२००७ साल, २०१५ साल, २०३१ साल, २०३६ साल, २०४२ साल, २०४६ साल, ०६२÷०६३ सालमा देश कायापलट हुनेगरी ज्यानको समेत बाजी
राखेर नेपाली कांग्रेसका योद्धाहरु आन्दोलनमा होमिदा तपाईहरु कहाँ हुनुहुन्थ्यो ? नेपाली कांग्रेसको
सहयोगमा नेपाली जनताले ल्याएको लोकतन्त्रको उपहास गर्ने अधिकार कसैसँग नभएको भन्दै, लोकतन्त्र जोगाउन
नेपाली कांग्रेस नै चाहिने भएकाले लोकतन्त्रको विरुद्धमा आएका दललाई परास्त गरि
नेपाली कांग्रेसलाई देशैभरीबाट विजयी गराउन आग्रह गर्नुभयो ।
भदौ २३ र २४ मा भएको जेन्जी आन्दोलनको मर्म र
भावनालाई आत्मासाथ गर्दै परिमार्जन र परिवर्तन सहित जनतासामु आएको नेपाली कांग्रेस, नेपालको सबैभन्दा
पुरानो लोकतान्त्रीक पार्टी, विशेष महाधिवेशन पश्चात सबैभन्दा नयाँ दल बनेर
आएकाले ढुक्क भएर रुख चिन्हमा मतदान गर्न आग्रह गर्नुभयो । रास्वपालाई इङगीद
गर्दै उम्मेदवार लुइटेलले भन्नुभयो; '‘अरु दल मौखिक रुपमा नयाँ भन्दै आईरहेका छन, तर नेपाली कांग्रेस
विशेष महाधिवेशनबाट सबै हिसाबले नयाँ भएर आएको अहिले नेपालको सबैभन्दा नयाँ दल हो
।'