मेषः चु चे चो ला लि लु ले लो अ
साताको सुरुका दिनमा नगद सापटी लिएका आफन्तहरूले वचन पूरा
नगर्दा आर्थिक झन्झट आइलाग्न सक्छ । स्वास्थ्यको क्षेत्रमा पनि प्रतिकूल हुने
देखिन्छ । मध्य साताबाट गरेको कार्यमा सफलता पाइएला । लामो समयदेखि रोकिएका अधुरा
कामहरू पुरा हुनेछन् । यो साताका लागि शुभ अङ्क ४,७ र शुभ रङ्ग सिन्दुरे वा घिउ रङ्ग हो ।
कुनै शुभकर्म गर्नु पूर्व गणेशजीको आरधना गरी गरेको कार्यबाट अधिक सफलता मिल्नेछ ।
वृषः इ उ ए ओ वा वि वु वे वो
यो साता धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने समय छ । नयाँ वस्त्र या उपहार पाइनेछ । रमणीय र सुखद् यात्राको योग छ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । प्राविधिक कार्यबाट सफलता मिल्नेछ । आर्थिक तथा सेयर कारोबारमा पनि राम्रै लाभ हुनेछ । यो साताका लागि शुभ अङ्क ३,६ र शुभ रङ्ग हरियो वा निलो हो । कुनै शुभकर्म गर्नु पूर्व भैरवजीको स्मरण गरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।
मिथुनः का कि कु घ ङ छ के को हा
यो साता चलाखीपूर्ण कार्यले सङ्कल्प सिद्ध हुनेछ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । मध्य सातामा स्वास्थ्यको भने विशेष ख्याल राख्नुपर्नेछ । यो साताका लागि शुभ अङ्क २,९ र शुभ रङ्ग हरियो वा गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व बगलामुखीको दर्शन गरी कार्य आरम्भ गर्दा अत्यन्त लाभ हुनेछ ।
कर्कटः हि हु हे हो डा डि डु डे डो
यो साता शुभारम्भको चर्चा
चल्नेछ । दिगो फाइदा हुने नयाँ काम प्रारम्भ गर्न सकिनेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । चलाखी
पूर्ण बोलीले काम बन्न सक्छ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय
रहेको छ । सामाजिक र राजनैतिक कार्यमा पनि सफलता मिल्नेछ । यो साताका लागि शुभ
अङ्क ३,५,र शुभ रङ्ग रातो वा पहेँलो हो ।
कुनै शुभकर्म गर्नु पूर्व नवग्रहको स्मरण गरी कार्य आरम्भ गर्दा अधिक लाभ प्राप्त
हुनेछ ।
सिँहः मा मि मु मे मो टा टि टु
यो हप्ता स्वास्थ्यप्रति सजग
रहनु होला । विपक्षीको छलकपट तथा जालझेलबाट सावधान रहनुपर्नेछ । मध्य साताबाट शुभ
कार्यको योग छ । दैनिक कार्यमा प्रगति हुनेछ । बुद्धिको उपयोग गर्दा जटिल ठानिएको
कामसमेत सम्पादन हुन सक्नेछ । भौतिक सुख पनि मिल्नेछ । यो साताका लागि शुभ अङ्क १,३ र शुभ रङ्ग पहेँलो हो । कुनै
शुभकर्म गर्नु पूर्व भैरवजीको दर्शन गरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
कन्याः टो पा पि पु ष ण ठ पे पो
यो साता रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ । नयाँनयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । विहिवारबाट बोलीको विपरीत अर्थ लाग्न सक्छ । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्नेछ । यो साताका लागि शुभ अङ्क ६,९ र शुभ रङ्ग हरियो हो । कुनै शुभकर्म गर्नु पूव विष्णु भगवानको स्मरण गरी कार्य प्रारम्भ गर्नले अधिक सफलता मिल्नेछ ।
तुलाः रा रि रु रे रो ता ति तु ते
यो साता लाभहानी, सुखदुःख बराबरी मध्यम खालको दिन
रहनेछ । घर परिवारमा आकस्मिक स्वास्थ्य बिग्रन सक्छ । ठुलो कारोबारमा लगानी नगर्दा
वेश हुनेछ । मङ्गलबारबाट प्राविधिक कार्यमा सफलता मिल्नेछ । पुँजी बजारको लगानी
भने त्यति लाभदायक नहोला । यो साताका लागि शुभ अङ्क ५,९ र शुभ रङ्ग सेतो वा आकाशे हो
। कुनै शुभकर्म गर्नु पूर्व विष्णु भगवानको स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो
हुनेछ ।
वृश्चिकः तो ना नि नु ने नो या यि यु
यो साता लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । शुभ समाचार सुन्न पाइएला । दाजुभाइ तथा साझेदारहरू सँग मिलेर गरिने पेशा व्यवसायबाट भनेजस्तो रुपैयाँ पैसा कमाउन सकिएला । पढाई लेखाइमा उत्कृष्ट नतिजा ल्याउन सकिने तथा न्यायिक निर्णयहरू तपाईँकै पक्षमा हुनेछन् । यो साताका लागि शुभ अङ्क ४,९ र शुभ रङ्ग घिउ रङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व हनुमानजीको दर्शन गरी यात्रा गर्दा अधिक सफलता मिल्नेछ ।
धनुः ये यो भा भि भु धा फा ढा भे
यो साता लाभहानी, आयव्यय, सुखदुःख बराबरी खालको दिनहरू रहनेछन् ।
यात्रामा अवरोध र लेनदेनमा घाटा हुन सक्छ । धैर्य गरी मिहिनेत गरेमा कार्यसिद्धि
हुनसक्छ । साताको मध्यमा जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । महत्त्वपूर्ण
कार्यमा व्यवधान आउने पनि देखिन्छ । यो साताका लागि शुभ अङ्क १,७ र शुभ रङ्ग गाढा
खैरो वा हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व दुर्गाजीको दर्शन गरी कार्य गर्दा
अधिक लाभ मिल्नेछ ।
मकरः
भो जा जि जु जे जो ख खि खु खे खो गा गि
यो हप्ता प्रेमीको सहयोग
प्राप्त हुनेछ । कुनै कुराले मनमा प्रसन्नता छाउनेछ । अभिभावकको सुझावले उचाइमा
पुर्याउन सहयोग गर्नेछ । शुभ कार्यमा सरिक भइनेछ । धर्मकर्म तथा समाजसेवामा मन
लाग्नेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । शेयर बजारले पनि साथ दिनेछ ।
यो साताका लागि शुभ अङ्क ५,७ र शुभ
रङ्ग सेतो वा हरियो हो । कुनै शुभकर्म गर्नु अघि हनुमानजीको स्मरण गरी कार्य
गर्नाले सफलता मिल्नेछ ।
कुम्भः
गु गे गो सा सि सु से सो दा
यो हप्तामा आँटेको र ताकेको
कार्य पुरा होला । दाम, इनाम र
प्रतिष्ठा कमाउने वेला छ । परिवारमा सुख सन्तोष छाउनेछ । नयाँ व्यक्तिसँग भेटघाट
हुने समय छ । शेयर बजारको लगानीबाट दीर्घकालीन फाइदा हुनेछ । मध्य सातामा केही
महत्त्वपूर्ण कार्यमा उल्झन र स्वास्थ्यमा समस्या आउन सक्छ । यो साताका लागि शुभ
अङ्क ४,७ र शुभ
रङ्ग घ्यू रङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व आफ्नो अविभावकको सल्लाह लिएर कार्य
गर्नाले राम्रो हुन्छ ।
मीनः
दि दु थ झ ञ दे दो चा चि
यो साता पारिवारिक माहोल तथा माङ्गलिक कार्यमा सहभागि भइनेछ । छोटो दुरीको लाभदायक यात्रा रहला । अतिथिको रूपमा सत्कार पनि पाइनेछ । शेयर बजारको लगानीबाट भने राम्रै लाभ हुनेछ । साताको अन्त्यमा अनावश्यक यात्रा हुनेछ । गरेका कार्यमा ढिलासुस्ती हुने देखिन्छ । यो साताका लागि शुभ अङ्क ५,८ र शुभ रङ्ग गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व गणेशजीको दर्शन गर्नाले सफलता हात पर्नेछ ।
पण्डित नारायणप्रसाद दुलाल