संसद भवनभित्र प्रहरी जवानद्वारा गोली हानी आम्महत्या


झगनखबर.कम

असार ५ । नयाँबानेश्वरस्थित संसद् भवन परिसरमा नेपाल प्रहरीका एक जवानले गोली प्रहार गरेर आत्महत्या गरेका छन् । ड्युटीमा खटिएका अजित गोलेले आफैले बोकेको हतियारले गोली हानी आत्महत्या गरेका हुन् ।

 गोलेको शव बुधबार  बिहान ८ बजे शौचालयमा फेला परेको काठमाडौं प्रहरी प्रमुख वसन्त रजौरेले बताउनुभयो । प्रहरी जवान गोलेले आफ्नो सेवा राइफलबाट निधारमा गोली प्रहार गरेको उहाँले जानकारी दिनुभयो ।

नेपाल प्रहरीका प्रवक्ता दानबहादुर कार्कीले गोले घटनास्थलमै मृत फेला परेको जानकारी दिनुभयो । घटनाबारे थप बुझ्ने काम भइरहेको उहाँले बताउनु भयो । शौचालयतिर गोली चलेको आवाज सुनेपछि गएर हेर्दा अन द स्पट डेथ भएको पाइयो,’ प्रवक्ता कार्कीले भन्नुभयो, ‘मृतकका  साथीहरुसँग घटना हुनुभन्दा अगाडिको अवस्थाबारे बुझ्ने काम भइरहेको छ ।उहाँका अनुसार गोलेको शवलाई सिभिल अस्पतालमा पठाइएको छ ।

मृतक गोले दोलखाको मेलुङ गाउँपालिका ४ का बासिन्दा हुन् । उनी नेपाल प्रहरीको केन्द्रीय विशेष कार्यदल कपनमा दरबन्दी भई संघीय संसद सुरक्षा बेस नयाँबानेश्वरमा कार्यरत थिए ।

 

प्रतिक्रिया