मेष चु,
चे, चो, ला, लि, लु, ले, लो, अ
यो महिनामा नयाँ कार्य
प्राप्तिका साथै सरुवा र बढुवाको योग छ । छरछिमेकमा सम्पन्न हुने धार्मिक र
सांस्कृतिक गतिविधिमा संलग्न हुनु पर्नेछ । नयाँ ठाउँमा घुम्ने योजना बन्नेछ ।
राज्यबाट मानसम्मान मिल्नेछ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि मधुर मिलनको योग
छ । नयाँ वस्त्र, अलङ्कारको
प्राप्ति हुनेछ । घर ,जग्गा
खरिद बिक्रीको योग छ । यो महिनाको लागि शुभ अङ्क २,९ र शुभ रङ्ग रातो वा कालो हो ।
कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विष्णु भगवानको दर्शन गरी कार्य
आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।
वृष इ, उ,
ए, ओ,
वा, वि,
वु, वे,
वो
यो महिनामा भाग्योदय हुने योग रहेको छ । घर
परिवार र आफन्तबाट सहयोग मिल्नेछ । भौतिक सुखमा बढोत्तरी हुनेछ । प्रेम र
मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । रोकिएका अधुरा कामहरू
पुरा हुनसक्छन् । २२ गतेबाट साझेदारी काममा उल्झन आउनेछ । सामान हराउने वा चोरी
हुने सम्भावना पनि छ । यो महिनाको लागि शुभ अङ्क २,७ र शुभ रङ्ग सेतो वा खैरो हो । कुनै
शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि सूर्य भगवानको स्मरण गरी कार्य आरम्भ
गर्दा अधिक लाभ मिल्नेछ ।
मिथुन का, कि,
कु, घ,
ङ, छ,
के, को,
हा
यो महिना सकारात्मक महिना रहेको छ । ठूला
व्यक्तिले तपाइको मेहनतको प्रसन्नता गर्नेछन् । अतिथिको रूपमा सत्कार पाइनेछ ।
सन्तान सुख मिल्नेछ । कूटनीतिक र राजनैतिक कार्यमा सफलता मिल्नेछ । प्रेमसम्बन्ध र
प्रणयप्रसङ्गका लागिपनि श्रेष्ठ समय छ । नयाँ ठाउँमा घुम्ने योजना पनि बन्नेछ, तर स्वास्थ्य प्रति
सजगता अपनाउनु पर्नेछ । यो महिनाको लागि शुभ अङ्क १,९ र शुभ रङ्ग हल्का रातो वा गुलाबी हो ।
कुनै शुभकर्म गर्नु पूर्व महामृत्युञ्जय भगवानको स्मरण गरी आरम्भ गर्दा लाभ
प्राप्त हुनेछ ।
कर्कट हि, हु,
हे, हो,
डा, डि,
डु, डे,
डो
कर्कट राशिलाई
यस महिनामा दुख: कष्ट बढ्न सक्छ । स्वास्थ्य प्रतिकूल रहने र चोटपटकको भय पनि
रहनेछ । १५ गतेबाट दैनिक कार्यमा प्रगति हुँदै जानेछ । यात्रा सुखद् र सफल हुनेछन्
। घर परिवार र आफन्तबाट सहयोग मिल्नेछ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि
श्रेष्ठ समय रहेको छ । खर्च बढेपनि आम्दानी भन्दा बढी खर्च हुनेछैन । यो महिनाको
लागि शुभ अङ्क १,८ र शुभ रङ्ग पहेँलो वा सेतो हो । कुनै
शुभकर्म गर्नु पूर्व वा शिवजीको स्मरण गरी कार्य आरम्भ गर्दा अधिक लाभ हुनेछ ।
सिंह मा,
मि, मु, मे, मो, टा, टि, टु, टे
यो महिना समान्य नै देखिन्छ, आफूले काम देखाएर अरूको मन
लोभ्याउन सकिनेछ । मिहिनेत अनुसार प्रतिफल राम्रै पाइनेछ । तर आफ्नो प्राप्तिका
लागि संघर्ष गर्नु पर्नेछ । नजिकका व्यक्तिबाट कार्यमा बाधा आउनसक्छ । १९ गतेबाट
व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । पारिवारिक स्नेह बढ्दै जानेछ ।
सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ । यो महिनाको लागि शुभ अङ्क
१,८ र शुभ
रङ्ग हरियो हो । कुनै शुभकर्म गर्नु अघि हनुमानजीको आराधना गरी कार्य गर्नाले अधिक
सफलता मिल्नेछ ।
कन्या टो, पा, पि,
पु, ष,
ण, ठ,
पे, पो
फागुन महिना शुभ फलदायी नै रहनेछ । नयाँ र
शुभ कार्यको योग छ । राजनैतिक र सामाजिक कार्यमा रुचि जाग्नुका साथै यात्राको योग
पनि देखिन्छ । काम बन्नुका साथै नयाँ कार्यको थालनी हुनेछ । आफन्त एवं परिवारजनबाट
पनि विशेष लाभ हुनेछ । व्यापार व्यवसायमा वृद्धि हुनुका साथै शैक्षिक क्षेत्रमा
विशेष लाभ हुने देखिन्छ । यो महिनाको लागि शुभ अङ्क ५,९ र शुभ रङ्ग पहेँलो
वा निलो हो । कुनै शुभकर्म गर्नु पूर्व लक्ष्मीजीको स्मरण / दर्शन गरी कार्य आरम्भ
गर्दा अधिक सफलता प्राप्त हुनेछ ।
तुला रा, रि, रु, रे, रो, ता, ति, तु, ते
तुला राशि हुनेहरूका लागि फागुन
महिनामा विपरीत वर्गबाट विशेष सहयोग मिल्नेछ । शेयर बजारको लगानीले राम्रो प्रतिफल
दिनेछ । विपरीत वर्ग प्रति आकर्षण बढ्ने र प्रेममा सफलता मिल्नेछ । अचल सम्पत्ति
हात पर्ने योग छ । वैदेशिक क्षेत्रको लगानी लाभदायक हुनेछ । व्यावसायिक काममा
राम्रै फड्को मार्न सकिनेछ । यो महिनाको लागि शुभ अङ्क २,८ र शुभ रङ्ग रातो वा गुलाबी हो
। कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विघ्नहर्ता गणेशजीको पूजा अर्चना
गरि गरेको कार्यबाट अधिक सफलता मिल्नेछ ।
वृश्चिक तो, ना,
नि, नु, ने,
नो, या, यि,
यु
यो महिनामा बाटो काट्दा वा यात्रा गर्दा
सचेत हुनुपर्नेछ । बोलीको विपरीत अर्थ लाग्न सक्छ । शेयर बजारको लगानीले त्यति
राम्रो प्रतिफल नदिनसक्छ पनि सक्छ । महिनाको उत्तरार्धबाट रोकिएका अधुरा कामहरू
पुरा हुनेछन् । ठूला व्यक्तिले तपाइको मेहनतको प्रशंसा गर्नेछन् । साथी भई सँग
रमाइलो भेटघाट र यात्राले मन प्रसन्न हुनेछ । यो महिनाको लागि शुभ अङ्क ४,७ र शुभ रङ्ग घ्यू
रङ्ग वा सेतो हो । शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि बगलामुखीको ध्यान गरी
कार्य आरम्भ गर्दा अत्यन्त लाभ हुनेछ ।
धनु ये, यो, भा,
भि, भु,
धा, फा,
ढा, भे
यो महिनामा घर परिवार, इष्टमित्र एवं
साथीभाइहरूसँग लामो समयपछि भेटघाट हुनेछ । विपक्षीहरूले रिस गरे पनि काम बिगार
गर्न सक्ने छैनन् । धार्मिक यात्रामा रुचि बढ्ने र शुभकार्यको चर्चा चल्नेछ ।
प्रेम सम्बन्धमा मधुरता मिल्नेछ । मानसम्मानसमेत प्राप्त हुनेछ । आफ्नो कामविशेषले
यात्रा हुनसक्छ, तर आफूले नजानेको काममा हात नहाल्नु नै राम्रो हुन्छ । यो
महिनाको लागि शुभ अङ्क २,७ र शुभ रङ्ग निलो वा सुन्तलारङको हो । कुनै शुभकर्म गर्नु
विघ्नहर्ता गणेशजीको स्मरण गरि गरेको कार्यबाट अधिक लाभ मिल्नेछ ।
मकर भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
फागुन महिनामा कार्य सिद्धिको योग छ ।
परिवारमा सुख सन्तोष छाउला । कसै कसैका लागि सन्तान प्राप्तिको योग छ । इच्छाएको
काम पूर्ण हुनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । प्रेम सम्बन्ध कसिलो
हुनेछ, तर चोट पटकको भय
रहेको हुनाले वाहन चलाउँदा या बाटो हिँड्दा सचेत रहनु पर्छ । अरुको खुसीका लागि
किनमेल हुने र खर्च बढ्नेछ । यो महिनाको लागि शुभ अङ्क ५,६ र शुभ रङ्ग हल्का
रातो वा आकाशे नीलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि
दुर्गाजीको ध्यान गरी आरम्भ गर्दा शुभ फल प्राप्त हुनेछ ।
कुम्भ गु, गे, गो,
सा, सि,
सु, से,
सो, दा
फागुन महिनामा विपरित वर्गबाट विशेष सहयोग
मिल्नेछ । कुनै कुराले मनमा शान्ति छाउला । आफ्नो कार्य सम्पादनमा सहजता मिल्नेछ ।
बोलीको भरमा कार्य सम्पादन हुनेछ । जोशजाँगर र हिम्मत बढ्नुका साथै शत्रु पक्ष
निर्बल हुनेछन् । नयाँ ठाउँमा घुम्ने योजना पनि बन्नेछ, तर स्वास्थ्य प्रति
सजगता अपनाउनु पर्नेछ । यो महिनाको लागि शुभ अङ्क ३,८ र शुभ रङ्ग सेतो वा रातो हो । कुनै
शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि महादेवको स्मरण गरी कार्य आरम्भ गर्दा
अधिक लाभ मिल्नेछ ।
मीन दि, दु, थ,
झ, ञ,
दे, दो,
चा, चि
फागुन महिनामा शरीर भारी र मन अस्थिर रहने
संकेत देखिन्छ । शेयर बजारको लगानीले राम्रो प्रतिफल नदिनसक्छ । खर्चिलो यात्रा
पनि हुन सक्छ । महिनाको उत्तरार्धबाट आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त
हुनेछ । आफ्नो इच्छानुसार समय बिताउन सकिनेछ । आस मारिसकेको ठाउँबाट धन हात पर्नेछ
। अचल सम्पत्ति हात पर्ने योग पनि छ । यो महिनाको लागि शुभ अङ्क १,६ र शुभ रङ्ग सेतो
वा हरियो हो । कुनै शुभकर्म गर्नु अघि नवग्रहको स्मरण गरी कार्य गर्नाले सफलता
मिल्नेछ ।
- ज्यो.प.
नारायणप्रसाद दुलाल