असार १० ।
सिद्धिचरण नगरपालिकाले शिक्षामा जोेड दिदै १४औ नगरसभा सम्पन्न गरेको छ । असार १०
गते सोमबार आर्थीक वर्ष ०८१÷०८२ का लागि बजेट बिनियोजन गर्दै १४औ नगरसभा
सम्पन्न गरेको हो । नगरसभाले आगामी वर्षको लागि शिक्षा, स्वास्थ्य, कृषी र पशुलाई
प्राथमिक्तामा राखेर नीति कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ ।
कुल बजेट ६६ करोड ८१ लाख ५ हजार ८ सय १७
रुपैयाको बजेट सार्वजनिक गरेको छ । यस मध्ये सबै भन्दा बढी शिक्षामा शशर्त २६ करोड
२१ लाख ७९ हजार र निशर्त तर्फ १ करोड ६१ लाख २२ हजार गरी जम्मा २७ करोड ८३ लाख १
हजार विनियोजन गरेको छ । स्वास्थ्य तर्फ
शशर्त ५ करोड ८२ लाख ५५ हजार ५ सय र निशर्त तर्फ १ करोड ४४ लाख १ हजार गरी जम्मा ७
करोड २६ लाख ५६ हजार ५ सय रुपैया बजेट विनियोजन गरिएको छ । कृषी तथा पशुतर्फ शशर्त
३२ लाख १४ हजार, निशर्त तर्फ १ करोड १० लाख ५० हजार गरी जम्मा १ करोड ४२ लाख ६४ हजार
विनियोजन गरिएको छ ।
विद्यालयस्तरीय
खेलकुद,
मेयरकप र मेयरसँग
युवा रोजगार कार्यक्रमको लागि समेत बजेट विनियोजन गरिएको छ । त्यसैगरी निशुल्क
घुम्ती स्वास्थ्य शिविर सन्चालन, असहाय तथा विपन्न वर्गका नागरिकलाई कडा रोगको
उपचारका लागि आर्थीक सहायता, कृषी तथा पशु लगायतमा बजेट विनियोजन गरिएको छ ।
स्थानिय नागरिकहरुको माग, आवश्यक्ता र नगरको बजेटको लिमिटेशनलाई मध्यनजर गर्दै १४औँ नगरसभा सम्पन्न
गरेको नगरप्रमुख तेजन खनाल (तेजेन्द्र) ले बताउनु भयो ।