झगनखबर
फागुन ५ । ओखलढुंगा
सदरमुकाममा छाडा कुकुरले जथाभावी मान्छे टोक्न थाले पछि नागरिक त्रसित भएका छन् ।
दुई दिन देखि लगातार रुपमा कुकुरले टोकेर ७ जनालाई घाइते बनाएको छ । बाटो हिड्ने
बटुवा देखि होस्टलमा बस्ने विद्यार्थी बच्चालाई समेत टोकेर घाइते बनाएको स्थानिय बासीले
बताएका छन् । घाइतेहरु ३ जनालाई सामुदायिक अस्पताल मिसन सोब्रुमा प्राथमिक उपचार
पछि थप उपचारका लागि काठमाण्डौ लगिएको नगर प्रहरी प्रमुख टिपी अधिकारी (सन्तोष) ले
जानकारी दिनुभयो ।
कुकुरले टोकेर घाइते
भएकाहरु रिया बोगटी वर्ष ७, प्रिया तामाङ वर्ष १०, भूमिका राई खोटाङ वर्ष १८, क्रिसल कार्की वर्ष
१०, जानुका पराजुली, भूमिका राई ओखलढुंगा
र हेलिना श्रेष्ठलाई आक्रमण गरी टोकेको छ । त्यस मध्ये जानुका राई, भूमिका राई क्रिसल
कार्कीलाई थप उपचारका लागि काठमाण्डौको टेकु अस्पताल लगिएको छ । अन्य लाई यहि
उपचार पछि घरमा राखिएको छ । अरुलाई बाटोमा आक्रमण गरेको तर टोक्न भने नसकेको
बताएका छन् । स्थानियको बाख्राहरुलाई पनि टोकेको स्थानियको गुनासो रहेको छ ।
स्थानिय गोपाल खत्रीको खसीलाई पनि टोकेर घाइते बनाएको र नगरपालिकामा ल्याई रेबिजको
सुई लागाइ लगेको बताएका छन् । कुकुरले टोकेका मध्ये अधिकाँस विद्यार्थी रहेका छन्
। दुई जना क्याम्पस पढ्ने र अरु लालीगुँरास इङ्लीस स्कुलमा र १ जना शुभतारा इङ्लीस
स्कुलमा अध्ययन गर्ने विद्याथीहरु रहेका छन् ।
कुकुर नियन्त्रणका
लागि सिद्धिचरण नगरपालिकाले बेवारिसे कुकुरलाई समाउने रेबिज बिरुद्धको भ्याक्सिन
दिईरहेको जानकारी दिएको छ । शुक्रबार देखि शनिबार दिउसो सम्म १४ वटा कुकुरलाई
समातेको र थप कुकुर समाउने कार्य जारी रहेको नगर प्रमुख अधिकारीले बताउनु भयो
। नियन्त्रणमा लिएका मध्ये ६ वटालाई
भ्याक्सिन दिएपश्चात छोडिएको र बाँकी ९ वटालाई भने भ्याक्सिन दिएर नियन्त्रणमै
राखिएको बताएका छन् । बेवारिसे कुकुरलाई समाई नियन्त्रण गर्नको लागि कयरे सेवासमाज
गुठी र नेपाल प्रहरीले नगरपालिकालाई सहयोग गरेको थियो । कुकुर बहुलाएको हुन सक्ने
स्थानियको आशंका रहेको छ । नियन्त्रण लिएका मध्ये जुन टोक्ने कुकुर चाहि नभेटेकाले
अझै सजग रहनु पर्ने बताएका छन् । आ–आफ्ना घरपालुवा कुकुरलाई छाडा नछोड्न र स्थानियबासीलाई सजग रहन नगरपालिकाले माइकीङ्ग मार्फत आग्रह समेत गरेको
छ ।