राजकुमार कार्की
भदौ ३ । २०६७ साल असार २४ गते नेकपा एमालेका नेता छविलाल कार्कीको कुटपिटपछि मृत्यु भयो । कार्कीलाई कुटपिट गर्ने मध्ये प्रहरीले मुख्य अभियुक्त बनाइएका बाबुराम सुवेदी ‘विदुर’ फरार थिए । भारत र माल्दिभ्स तिर बस्दै आएका सुवेदी एकाएक सुर्खेतको एक होटलमा तन्नाको पासो लगाई आत्महत्या गरेका छन् । आत्महत्या गर्नुअघि लेखेको सुसाईट नोट (पत्रकार बिस्न प्रसाद नेउपानेको सहयोगमा) यस्तो छ :
डायरीमा श्रीमती, आमा वुवा र
छोराछोरीलाई माफी माग्दै लेखका छन् । ‘प्रिय साथी हिमाल डिल्ली, ज्ञाननाराण, सुनिता अनोद ..
तिमीहरुको हत्याको बदला स्वरुप यि र यस्तो निर्णय लिनुप¥यो । ती दिनहरुमा
माओबादी आन्दोलनको नाममा भएका हिँसा र ब्यक्तिगत प्रतिशोधविचको गहिरो सम्बन्ध
झल्काउछ ।
क्रान्ति नेपालमा एकादेशको कथा जस्तै भएपनि
त्यो महान थियो । भित्री कुहिएको बास जस्तो नेतृत्वले समर्पण गर्दा देश जनता र हिजोका
योद्धा सहिद परिवार, घाइते बेपत्ताको हालत यो भयो । गोन्जालो, चेग्वभारा भएको भए
बरु सबैले सम्मान गर्थे । जब नेतृत्वभित्रैबाट कुहिन थाल्छ, जब आदर्शहरु सौदा
गरिन्छन् । तब यस्तो निर्णय लिइन्छ ।’
क्रान्तिका नाममा गरिएको हत्याको औचित्य दिन
खोज्दा पनि त्यो औचित्य नै नभएर अपराधी भएर बाँच्नु भन्दा आत्महत्या गर्न बाध्य
भएको उल्लेख गरेका छन् । उनले आमा बुवाको राम्रो सन्तान, श्रीमतीको असल
जीवनसाथी र छोराछोरीको कुशल अविभावक बन्न नसकेकोमा सान्त्वना सहित माफी मागेका छन्
।