छवी हत्याका आरोपी बिदुरको सुर्खेतमा आत्महत्या, यस्तो छ सुसाइट नोट


राजकुमार कार्की

भदौ ३ । २०६७ साल असार २४ गते नेकपा एमालेका नेता छविलाल कार्कीको कुटपिटपछि मृत्यु भयो । कार्कीलाई कुटपिट गर्ने मध्ये प्रहरीले मुख्य अभियुक्त बनाइएका बाबुराम सुवेदी विदुर फरार  थिए । भारत र माल्दिभ्स तिर बस्दै आएका सुवेदी एकाएक सुर्खेतको एक होटलमा तन्नाको पासो लगाई आत्महत्या गरेका छन् । आत्महत्या गर्नुअघि लेखेको सुसाईट नोट (पत्रकार बिस्न प्रसाद नेउपानेको सहयोगमा) यस्तो छ :

डायरीमा श्रीमती, आमा वुवा र छोराछोरीलाई माफी माग्दै लेखका छन् । प्रिय साथी हिमाल डिल्ली, ज्ञाननाराण, सुनिता अनोद .. तिमीहरुको हत्याको बदला स्वरुप यि र यस्तो निर्णय लिनुप¥यो । ती दिनहरुमा माओबादी आन्दोलनको नाममा भएका हिँसा र ब्यक्तिगत प्रतिशोधविचको गहिरो सम्बन्ध झल्काउछ ।

क्रान्ति नेपालमा एकादेशको कथा जस्तै भएपनि त्यो महान थियो । भित्री कुहिएको बास जस्तो नेतृत्वले समर्पण गर्दा देश जनता र हिजोका योद्धा सहिद परिवार, घाइते बेपत्ताको हालत यो भयो । गोन्जालो, चेग्वभारा भएको भए बरु सबैले सम्मान गर्थे । जब नेतृत्वभित्रैबाट कुहिन थाल्छ, जब आदर्शहरु सौदा गरिन्छन् । तब यस्तो निर्णय लिइन्छ ।

क्रान्तिका नाममा गरिएको हत्याको औचित्य दिन खोज्दा पनि त्यो औचित्य नै नभएर अपराधी भएर बाँच्नु भन्दा आत्महत्या गर्न बाध्य भएको उल्लेख गरेका छन् । उनले आमा बुवाको राम्रो सन्तान, श्रीमतीको असल जीवनसाथी र छोराछोरीको कुशल अविभावक बन्न नसकेकोमा सान्त्वना सहित माफी मागेका छन् । 

प्रतिक्रिया