पालिका तहमा मतदानस्थल नबनाए चुनाव बहिष्कार गर्ने बीस उम्मेदवारको घोषणा


राजकुमार कार्की

 मंसिर १२ । नेकपा एमालेको ११औँ महाधिवेशन प्रतिनिधी छनौटमा पालिकातहमा मतदानस्थल नबनाए चुनाव बहिष्कार गर्ने बीसजना उम्मेदवारले घोषणा गरेका छन् । पालिकास्तरमा भएका अधिकाँश नेकपा एमालेका संगठीत सदस्यलाई चुनावी प्रकृयामा बन्चीत गराएको भन्दै चुनाव बहिष्कार गरेका हुन् । सदरमुकामस्थित मायरा होटलमा पत्रकार सम्मेलन गर्दे, पालिका स्तरमा मतदानको ब्यवस्था नगरे प्रतिनिधी छनौट प्रकृयामा सामेल नहुने जानकारी गराएका छन् । महाधिवेशन प्रतिनिधी छनौटको चुनावको कार्यतालीका शनिवार तोकीएको छ । शुक्रबार गरिएको पत्रकार सम्मेलनमा सार्वजनिक गरिएका चुनाव बहिष्कार गरेका २० जना उम्मेदवारहरु :

१. मोहन कुमार श्रेष्ठ         

२. शकुन्तला राजभण्डारी  

३. शेखर भट्टराई        

४. हर्कबोल राई         

५. बल बहादुर परियार   

६. टेक बहादुर तामङ     

७. हरि प्रसाद घिमिरे  

८. विजय कुमार बस्नेत   

९. राजन खत्री          

१०. सुदिप सुनुवार         

११. शारदा के.सी          

१२. ठाकुरनाथ अधिकारी    

१३. धन बहादुर गुरुङ डिबी      

१४. शुस्मिका राई            

१५. गंगाराम तामङ      

१६. अस्मिता थापा      

१७. मणीराज राई         

१८. दिपक राई              

१९. सुदर्शन कार्की         

२०. दिपक फुयल                                         

खुल्ला, महिला, दलित युवा गरी जम्मा १२ जना महाधिवेशन प्रतिनिधीको लागि ४१ जनाको उम्मेदवारी परेको थियो । केन्द्रीय संगठन विभाग काठमाण्डौले आम पार्टी सदस्यहरुलाई पायक पर्ने गरी मतदान केन्द्र कायम गर्न पठाएको पत्र समेत सार्वजनिक गरिएको छ । त्यसै गरी कोशी प्रदेश कार्यालयले मनोनयनका लागि ७ दिन अगावै सुचना सार्वजनिक गर्न र सबै मतदातालाई पायक र सुविधा हुनेगरी स्थानीय आवश्यक्ताका आधारमा मतदान केन्द्रहरु निर्धारण गर्न गरिएको पत्रसमेत सार्वजनिक गरिएको छ । केन्द्र  र प्रदेश कमिटीको निर्देशन समेतलाई बेवास्ता गर्दै एकलौटी पेलेर प्रतिनिधी छनौटको चुनाव गराउन लागेको कोशी प्रदेश सचिवालय सदस्य मोहन कुमार श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया