झगनखबर
चैत ११ । राज्यव्यवस्था तथा सुशासन समितिका सभापति एवं प्रतिनिधी सभा सदस्य रामहरि खतिवडाले होली पर्व गृह जिल्लामा मनाउनु भएको छ । जिल्ला समन्वय समिति ओखलढुंगाका पुर्व प्रमुख जय बहादुर श्रेष्ठको आयोजनामा भएको होली विशेष कार्यक्रममा सहभागी भई होली पर्व मनाउनु भएको हो । सुनकोशी गाउँपालिकाको वडा नं ४ र ६ को सिमानामा पर्ने ढाँडखोलामा होली बिशेष कार्यक्रमको आयोजना गरिएको थियो । होलीविशेष कार्यक्रममा जिल्ला समन्वय समितिका पुर्व प्रमुख जय बहादुर श्रेष्ठ, वर्तमान उपप्रमुख तारादेवी कार्की पालिका प्रमुख, उपप्रमुखहरु वडा अध्यक्षहरु लगायत स्थानियबासीहरुको उलेख्य उपस्थिती रहेको हुकुम राईले जानकारी दिनुभयो । कार्यक्रममा एकअर्का प्रति रङ दलेर खुशी साटासाट गरिएको थियो । होली विशेष कार्यक्रमलाई सम्बोधन गर्दै सभपाति खतिवडाले शुभकामना दिनुभयो । उहाँले भन्नु भयो, 'असत्यको पराजय र सत्यको विजयको प्रतिकका रुपमा मनाइने यस चाडले सबै नेपालीको हार कहिल्यै नहोस सधै विजय नै विजय होस् शुभकामना दिन चाहन्छु ।' मोलुङ एक्वार सडको शिलान्यास तथा अनुगमन गरिएको पनि सभापति खतिवडाका स्वकीय सचिव हुकुम राईले जानकारी दिनु भयो ।