झगनखबर
माघ १८ । जिल्ला स्वास्थ्य कार्यालय ओखलढुंगाको आयोजनामा पाठेघर मुखको क्यान्सर बिरुद्धको एच.पि.भि (Human Papilloma Virus) खोप लगाइने भएको छ । माघ २२ गतेदेदि २७ गते सम्म कक्षा ६ देखि १० सम्मका, १० वर्षदेखि १४ वर्ष मुनीका किशोरीहरुलाई खोप लगाइने भएको हो । १० देखि १४ वर्षभित्रका छात्राहरुलाई विद्यालयमा खोप लगाइने र विद्यालय नगएका १० देखि १४ वर्षभित्रका किशोरीलाई स्वास्थ्यचौकीमार्फत खोप लगाउने तयारी गरेको जिल्ला स्वास्थ्य कार्यालय ओखलढुंगाले जानकारी दिएको छ । विद्यालयमा भर्ना नभएका किशोरीहरुलाई विद्यालयमा लगाईसकेपछि स्वास्थ्य चौकीमार्फत लगाईने तयारी रहेको छ ।
ओखलढुंगा जिल्लामा १
सय ३४ वटा विद्यालय, ७७ वटा स्वास्थ्य संस्था र २ वटा अन्य गरी जम्मा २ सय १३ वटा केन्द्रबाट
खोप सन्चालन गरिने बताएका छन् । जिल्लाभरी ७ हजार २ सय १ जना किशोरीहरुलाई यो पटक
खोप दिइने तयारी भएको छ । आगामी वर्षबाट यो खोपलाई निरन्तर दिने नेपाल सरकारको
तयारी रहेको छ । यो पटक सिद्धिचरण नगरपालिकामा १ हजार ३ सय ६७ जना, चिसंखुगढी
गाउँपालिकामा ६ सय ३४ जना, मानेभञ्ज्याङ्ग गाउँपालिकामा १ हजार ९ जना, मोलुङ्ग गाउँपालिकामा
९ सय ५ जना, सुनकोशी गाउँपालिकामा १ हजार ८० जना, लिखु गाउँपालिकामा ६ सय १३ जना, चम्पादेवी
गाउँपालिकामा ९ सय ३८ जना र खिजीदेम्बा गाउँपालिकामा ६ सय ५५ जना गरी जम्मा ७ हजार
२ सय १ जना छात्रालाई खोप लगाउने तयारी रहेको छ ।
के हो एच.पि.भि खोप <
पाठेघरको मुखको
क्यान्सरबाट बचाउन एच.पि.भि नामक भाइरस बिरुद्ध दिइने खोप हो । एच.पि.भि भाइरस
यौनसम्पर्कको माध्यमबाट पुरुषबाट महिलामा सर्ने रोग हो । यौनसम्पर्क नगरेका
किशोरीहरुलाई यो खोप लगाएपछि पाठेघरको मुखको क्यान्सर हुनबाट जोगीन्छ र पाठेघरको
मुखको क्यान्सरको निर्मुल बनाउन सकिन्छ । यो भाइरसले पुरुषलाई भने असर गर्दैन । यो
खोपको प्रभावकारीता ९५ प्रतिशत देखि सतप्रतिशत सफल भएको डब्लु एच ओ लाई उद्धृत
गर्दै जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । विश्वमा ५ लाख ७० हजार महिलालाई यो
भाइरसको संक्रमण हुँदा ५५ प्रतिशत महिलाको मृत्यु भएको तथ्याँक रहेको छ । त्यसै
गरी नेपालमा भने करिब ८० प्रतिशत महिलाको मृत्यु हुने गरेको छ ।