पुस १
। जिल्लाको खिजीदेम्बा गाउँपालिका वडा नं ४ स्थित ब्यक्तिको घरमा आगोलागी हुँदा २५
लाख भन्दा बढी क्षति भएको छ । खिजीदेम्बा ४ बिकर्फुका खेम बहादुर सुनुवारको घरमा
गएराती आगोलागी भएको हो । बिजुलीको तार सर्टभई आगोलागी भएको थियो जानकारी दिएका
छन् । आगोलागीका कारण पशुचौपया र मानवीय क्षति नभएको तर, घरमा भएका लत्ताकपडा, भाँडावर्तन,
अन्नपात, काठपात लगायतका घरायसी सामग्रीहरु
भने जलेर नष्ट भएका छन् । उक्त आगोलागीले करिब २५ लाख भन्दा बढीको क्षति भएको
जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जानकारी दिएको छ ।
ढुंगामाटोले
बनेको सिमेन्टको टिप्कार (प्लाष्टर) गरिएको ढुंगाकै छानो भएको तीनतले घर जलेर नष्ट
भएको छ । मध्यरातमा आगोलागी भएका कारण समयमै आगो नियन्त्रणमा ल्याउन नसक्दा घर र
घरभित्रका सम्पूर्ण सामग्रीहरु जलेर नष्ट भएको वडासदस्य तेजमाया खत्रीले बताउनु
भयो । उहाँका छोराछोरी काठमाण्डौमा बसेका छन भने आमा पनि भर्खर काठमाण्डौ जानुभएको
थियो । घरमा एक्लै भएको बेलामा आगोलागीले सबै नष्ट भएको खेम बहादुरलाई उद्धृत
गर्दै स्थानीयबासीले जानकारी दिएका छन् ।