लैंगिक हिंसा र प्रजनन स्वास्थ्य सम्बन्धी सचेतीकरण कार्यक्रम मोलुङमा सम्पन्न


राजकुमार कार्की

 असार ४ । लैंगिक विभेदमा आधारित हिंसा र यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धि सचेतीकरण कार्यक्रम सम्पन्न भएको छ ।  मोलुङ गाउंपालिकाका सबै वडाका वडा अध्यक्ष र दलित महिला सदस्यहरुलाई सचेतीकरण कार्यक्रम सम्पन्न गरिएको हो । युएनएफपिएको आर्थिक सहयोगमा सिएमसी नेपालले मोलुङ गाउंपालिकाको समन्वय र सहकार्यमा बुधबार मोलुङमा कार्यक्रम सन्पन्न भएको छ ।

 गाउंपालिकाका उपाध्यक्ष उर्मिला खतिवडाको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा बोल्दै उपाध्यक्ष खतिवडाले लैगिक हिंसा र यसको प्रकार, असर, प्रजनन स्वास्थ्य र लैगिक हिंसा विचको सम्बन्ध बारे प्रष्ट पार्नु भएको थियो । लैगिक हिंसा न्युनीकरण गर्न महिलाहरुको आर्थिक शसक्तिकरण हुन जरुरी रहेको र पालिकामा लंैगिक हिंसा न्युनीकरण गर्न आफू प्रतिबद्ध रहेको समेत बताउनु भयो ।

मोलुङ गाउँपालिकाका प्रवक्ता एवं वडा नं ७ का वडाअध्यक्ष हेम सुनुवारले लैंगिक हिंसामा परेका एकल पुरुषहरु पनि समाजमा भएकाले उहाँहरुलाई पनि राज्यले सहयोग गर्नु पर्ने बताउनु भयो । अहिले बजेट बिनियोजन गर्ने बेला भएकाले लैंगिक हिंसा न्युनीकरणका लागि बजेटको बिनियोजन गर्ने बताउनु भयो । युएनएफपीएका कार्यक्रम संयोजक रेखा श्रेष्ठले सहजीकरण गर्नुभएको कार्यक्रममा लैङ्गिक हिंसा यसका प्रकार, जीवन चक्रअनुसार लैङ्गिक हिंसा, लैङ्गिक हिंसाको मुख्य कारणहरु नेपाल र विश्वमा लैङ्गिक हिंसाको परिदृष्य, लैंगिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि नीतिगत ब्यवस्था , लैगिक हिंसा निबारण कोष र सुरक्षित आवासगृह र एकद्धार संकट व्यवस्थापन केन्द्रको सेवा तथा लैङ्गिक हिंसा सम्बन्धी नितिगत तथा कानुनी व्यवस्थाहरु लगायतका विषयमा प्रष्ट पार्नु भएको थियो ।

सिएमसी नेपाल सहजकर्ता भलमान विकले  योजना र यसको महत्व, लैगिक उत्तरदायि बजेट निर्माणका प्रकृया र वर्गिकरण र संकेत, स्थानीय तहको योजना तथा बजेट तर्जुमाका चरणहरुबारेमा प्रष्ट पार्नु भएको थियो । सचेतीकरण कार्यक्रमको अन्त्यमा सबै वडाका प्रतिनिधिहरुले आर्थिक वर्ष २०८२÷०८३ को लागि लैगिक हिंसा रोकथाम, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी जनचेतना अभिबृद्धि गर्न कार्य योजना तयार पारेका थिए । उक्त कार्ययोजना अनुसार कार्यक्रम संचालन गर्नको लागि आवश्यक प्राविधिक सहयोग गर्ने युएनएफपिएका कार्यक्रम संयोजक रेखा श्रेष्ठ प्रतिबद्ध रहेको बताउनु भयो ।

यौन तथा प्रजनन् स्वास्थ्य सेवा, प्रजनन स्वास्थ्यका आयामहरू, यौन तथा प्रजनन स्वास्थ्यको महत्व, सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्यविद्यमान कानुनि व्यवस्था नेपालको संविधानमा स्वास्थ्य, सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५, यौन तथा प्रजनन स्वास्थ्य र अधिकार, लैगिक हिंसा र प्रजनन स्वास्थ्यको सम्बन्धबारेमा स्वास्थ्य चौकी इन्चार्ज मित्रमिनु ढकालले प्रष्ट पार्नुभएको थियो ।कार्यक्रम सन्चालन महिला विकास शाखाकी मनकुमारी बस्नेतले  गर्नुभएको थियो । 

प्रतिक्रिया