झगनखबर
फागुन ४ । नेपाली कांग्रेसका
महामन्त्री गगन थापाले पार्टीको १५ औँ महाधिवेशनको कार्यतालिका प्रस्तुत गर्नुभएको
छ । फागुन ७ देखि १० गतेसम्म चल्ने महासमिति बैठकको लागि तयार पारेको सांगठनिक
प्रतिवेदन केन्द्रीय समितिमा छलफलका लागी पेस गर्नुभएको हो । थापाले चुनावअघि गठबन्धन नगर्ने प्रस्ताव
गर्नुभएको छ । उहाँले प्रतिवेदनमा गठबन्धनको कारणले लोकप्रिय मतको हिस्सा पाँच
प्रतिशतले घटेको उल्लेख गर्नुभएको छ । महामन्त्री थापाले भन्नुभएको छ, ‘दुई चुनावको बीचमा हामीले १३.२ प्रतिशत
मतदाता नै गुमायौँ । हामीले २०७९ मा २०७४ जतिकै लोकप्रिय मतको हिस्सा कायम राख्न
चाहिने मतभन्दा १५.७४ प्रतिशत कम पाएका छौँ ।’
निर्वाचनमा अंकगणितका हिसाबले कांग्रेस
ठूलो पार्टी त बन्यो, तर पार्टी एक्लै चुनाव लड्दा जस्तो
कार्यकर्तामा विजयको भाव र उत्साह भने नआउने उहाँले उल्लेख गर्नुभएको छ । उहाँले
प्रस्तावमा भन्नुभएको छ,
‘तीनै तहको
निर्वाचनमा कतिपय स्थानमा आफ्नो आस्था प्रकट गर्ने ‘रूख’ चिहृन नै नहुँदा कांग्रेसजनले
आजपर्यन्त आफ्नो असन्तुष्टि व्यक्त गरिरहेको हामीले देखेका छौँ । संघ र प्रदेशको
निर्वाचनको तथ्यांक हेर्दा गठबन्धनका कारण ७४ प्रतिनिधिसभा क्षेत्रमा नेपाली
कांग्रेसले आफ्ना उम्मेदवारलाई मत राख्न पाएनन् भने २१ वटा संघीय क्षेत्रका एउटा
पनि प्रदेश क्षेत्रमा आफ्नो पार्टीलाई प्रत्यक्ष मत राख्न पाएनन् । ४८ वटा
प्रतिनिधिसभा क्षेत्रका प्रत्येक क्षेत्रका दुई प्रदेशसभा क्षेत्रमध्ये एउटामा मात्रै
हाम्रा उम्मेदवार थिए । अर्थात् ४८ वटा प्रदेशसभा क्षेत्रमा कांग्रेसका
प्रत्यक्षतर्फ उम्मेदवार नै थिएनन् । समग्रमा ६२ प्रदेशसभा क्षेत्रका मतदाताले
प्रतिनिधिसभा र प्रदेश सभामा हाम्रो निर्वाचन चिहृन ‘रूख’मा मत राख्न पाएनन् । त्यस्तै १७ वटा क्षेत्रमा दुवै प्रदेश सभामा त
कांग्रेसले रूखमा मत राख्न पाए । तर, प्रतिनिधि
सभामा पाएनन् ।’ महामन्त्री थापाले एकातर्फ कांग्रेसका
क्रियाशील सदस्यले आफ्नो चिहृनमा मत हाल्न पाएनन्, अर्कोतर्फ अन्य दलको निर्वाचन चिहृन र झण्डा बोकेर मत माग्न हिँड्ने
अवस्थामा पु¥याएको उल्लेख गर्नुभएको छ ।
कांग्रेसको महासमिति बैठकमा देश तथा
विदेशबाट दुई हजारभन्दा बढी प्रतिनिधिको सहभागिता रहनेछ । ‘राजनीतिक स्थायित्व, रूपान्तरण र नवीनता स्वतन्त्रता, न्याय र समानता नेपाली कांग्रेसको
नीतिगत प्रतिबद्धता’ भन्ने मूलनाराका साथ सुरु हुन लागेको
महासमिति बैठकमा देशभरका १६५ निर्वाचन क्षेत्रबाट ११ जनाका दरले महासमिति सदस्यले
भाग लिनेछन्