लैङ्गिक समाबेशीकरण नीति कार्यान्वयन गर्न पञ्चवर्षीय बिस्तृत कार्ययोजना हस्तान्तरण


राजकुमार कार्की

  जेठ ८ ।  लैंगिक समानता तथा सामाजिक समाबेशीकरण नीति कार्यान्वयन गर्न पञ्चवर्षीय बिस्तृत कार्ययोजना  तयार पारी हस्तान्तरण गरिएको छ । युएनएफपीएको आर्थीक सहयोग तथा जुरी नेपालको प्राविधीक सहयोगमा तयार पारिएको नीति सिद्धिचरण नगरपालिका र मोलुङ्ग गाउँपालिकालाई  हस्तान्तरण गरिएको हो । नगर उपप्रमुख केदारबावु बस्नेतको अध्यक्षता र नगर प्रमुख तेजन खनालको प्रमुख आतिथ्यमा बिहिबार बिहान औपचारिक कार्यक्रमको आयोजना गरी नगरपालिकालाई हस्तान्तरण गरिएको छ । त्यसै गरी  बिहिबार दिउसो मोलुङ्ग, रामपुरमा मोलुङ्ग गाउँपालिकाकी  उपाध्यक्ष उर्मिला खतिवडाको अध्यक्षता र अध्यक्ष उत्तम राईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा मोलुङ्ग गाउँपालिकालाई पनि हस्तान्तरण गरिएको युएनएफपीएकी कार्यक्रम संयोजक रेखा श्रेष्ठले जानकारी दिनुभयो ।

परियोजना लागु भएका स्थानीय तहमा उपप्रमुखको संयोजकत्वमा लैंगिक हिँसा न्युनीकरण सन्जाल गठन गरिएको छ । सिद्धिचरण नगरपालिकामा १३ सदस्यीय र मोलुङ्ग गाउँपालिकामा ११ सदस्यीय सन्जाल गठन गरिएको छ । दुवै स्थानीय तहमा भएको समितिले तयार पारेको कार्ययोजनालाई युएनएफपीएको आर्थीक सहयोग र  जुरी नेपालको प्राविधीक सहयोगमा टाइप प्रिन्ट गरी   अन्तिम रुप दिइएको थियो ।  हस्तान्तरण गरिएको नीति तथा कार्ययोजनालाई  कार्यपालिकाले पास गरी कार्यान्वयनमा लैजानु पर्नेछ ।  नीति तथा कार्ययोजनालाई  जुरी नेपालकी प्रतिनिधी तनुजा वस्नेतले कार्यक्रममा प्रस्तुत गर्दै ब्याख्या समेत गर्नुभएको थियो ।   लैंगिक हिँसा न्युनीकरण सन्जालको बैठक बसी नीति तथा कार्ययोजनाको विषयमा छलफल  समेत भएको थियो । हस्तान्तरण गरिएको नीतिलाई   विषयगत समितिमा छलफल गरी यो आर्थीक वर्षमा नगरसभाबाट पारीत गरी कार्यान्वयनमा लैजाने नगर प्रमुख तेजन खनालले बताउनु भयो । त्यसै गरी मोलुङ्ग गाउँपालिकाले पनि आवश्यक छलफल गरेर गाउँसभाबाट पास गरी यहि आर्थीक वर्षबाट नै  कार्यन्वयनमा लैजाने प्रतिबद्धता गरेका छन्

 

प्रतिक्रिया