स्विटजरल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गर्ने महिला पक्राउ


झगनखबर

जेठ ८ ।  वैदेशिक रोजगारीका लागि स्विटजरल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एक महिलालाई पक्राउ गरेको छ । काभ्रेपलाञ्चोक जिल्ला  बनेपा नगरपालिका वडा नं ४ घर भई हाल बाँके कोहलपुर नगरपालिका वडा नं ११ दशबिगा बस्ने ४६ वर्षीय पार्वती थापालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

थापा लगायतले पीडितलाई वैदेशिक रोजगारका लागि स्विटजरल्याण्ड पठाई सुपर मार्केटमा प्याकिङको काम लगाई दिने र  मासिक १ लाख रूपैयाँ तलब  हुन्छ भन्दै प्रलोभनमा पारेको प्रहरीले जनाएको छ ।  पीडितबाट पटक पटक गरी ७ लाख २० हजार रूपैयाँ रकम ठगी गरेका थिए । स्विजरल्याण्ड पठाउने भनी रकम ठगी गरेकोले  पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागले प्रहरीलाई  पत्राचार गरेको थियो । पक्राउ गर्ने पत्र प्राप्त  भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका २६ गोंगबुबाट पक्राउ गरेको हो ।

अभियुक्तलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाइएको प्रहरी प्रधान कार्यालय काठमाण्डौले जनाएको छ ।

         

 

 

प्रतिक्रिया