झगनखबर
माघ ९ । ओखलढुंगा जिल्लाको सिद्धिचरण
नगरपालिका वडा नं ११ का वडाअध्यक्ष बिनोद ताम्रकारले बृद्ध महिलाहरुलाई कपडा सेट
वितरण गर्नुभएको छ । आफ्नो वडाक्षेत्रभित्रका बृद्ध महिला तथा अपाँग भएका
नागरिकलाई कपडा सेट वितरण गर्नु भएको हो । वडाअध्यक्षको सेवासुविधा बापतको रकमबाट
कपडा सेट वितरण गरेको अध्यक्ष ताम्रकारले बताउनु भयो । वडा क्षेत्रभित्रका ७० वर्ष
उमेर पुगेका आयस्तर कमजोर भएका २० जना बृद्ध महिलाहरुलाइ वितरण गरिएको थियो ।
प्रत्येक महिलालाई १ थान ओढ्ने, १
थान चौबन्दी चोलोको कपडा र १ थान लुङ्गी बितरण गर्नुभएको वडा कार्यालयले जनाएको छ
। कपडा वितरण गर्दै वडाअध्यक्ष ताम्रकारले आफु राजनीति गर्न नभई समाजसेवा
गर्न वडाअध्यक्ष भएकाले आफुले पाउने सेवासुविधाबाट
वडाकै नागरिकलाई सहयोग गर्ने बताउनु भयो । पारिवारिक रुपमा समस्या भएमा तत्काल
आफुलाई फोन गर्न अनुरोध गर्दै समस्याको निराकरणका लागि आफ्नो ठाउँबाट सहयोग गर्ने
बताउनु भयो । लाउन खानानै समस्या भएका नागरिकलाई खाद्यन्न, लत्ताकपडा पनि वितरण गर्दै आएको बताउनु
भयो । केहि समय अगाडी बालमन्दिरका विद्यार्थीहरुलाई ड्रेस पनि वितरण गर्नुभएको
थियो । अबका दिनमा पनि आफुले पाउने सेवासुविधा आफुले प्रयोग नगर्ने र समाज सेवामै
लगाउने बताउनु भयो