एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी


पुस ३ ।  नेकपा एमालेको अध्यक्ष पदमा केपी शर्मा ओली विजयी हुनुनभएको छ  ।  केपी शर्मा ओली एमाले अध्यक्षमा लगातार तेस्रो पटक विजयी हुनुभएको हो ।

निर्वाचन आयोगले दिएको पछिल्लो विवरण अनुसार अध्यक्षका उम्मेदवार केपी शर्मा ओलीले १६६३ मत प्राप्त गर्नुभएको छ । उहाँका प्रतिस्पर्धी ईश्वर पोखरेलले ५६४ मत प्राप्त गर्नुभएको छ । मतगणनाको औपचारिक घोषणा हुन भने बाँकी छ । केपी शर्मा ओली नेकपा एमालेको नवौं र दशौं महाधिवेशनबाट पनि ओली नै अध्यक्षमा निर्वाचित हुनुभएको थियो । 

प्रतिक्रिया