पोखरीमा डुबेर लिखुमा बालकको मृत्यु


राजकुमार कार्की

 असार १४ । ओखलढुंगा जिल्लाको लिखु गाउँपालिका, स्थित नर्मदेश्वरमा सिञ्चाई पोखरीमा डुबेर बालकको मृत्यु भएको छ । शुक्रबार दिउँसो करिब ३ः३० बजे पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु भएको हो । रामेछाप जिल्ला रामेछाप नगरपालिका, देउरालीका चक्र बहादुर बसेलको छोरा अन्दाजी ११ वर्षीय हिमाल बसेलको मृत्यु भएको छ । बसेल विगत ७ वर्षदेखि मावली हजुरबुवा टेक बहादुर मिजारको घर सत्लुङ नर्मदेश्वरमा बस्दै आउनु भएको थियो । शुक्रबार दिउसो घरबाट खेल्न निस्केका बालक अबेर सम्म पनि घर नफर्केपछि खोजतलास गरेका थिए । खोजी गर्ने क्रममा मावली हजुरबुवा टेक बहादुरले घर भन्दा करिब २०० मिटर टाढा पुर्वपट्टि रहेको सिँचाई पोखरीमा डुबेर मृतअवस्थामा साँझ ७ बजे फेला पारेका थिए । पोखरीमा डुबेर मृतअवस्थामा नातिलाई फेला पारेपछि छिमेकी र प्रहरीलाई खबर गरेका थिए । प्रहरीले खबर पाउनसाथ  प्रहरी चौकी यसमबाट प्रहरी टोली खटीई गई घट्नास्थल सुरक्षीत राखीएको थियो । थप अनुसन्धान र कानूनी प्रकृयाका लागि  शनिबार विहान इलाका प्रहरी कार्यालय बरुणेश्वर राम्पुरबाट प्रहरी निरीक्षक मनिष लुइटेल सहितको टोली घट्नास्थल पुगेको थियो । आवश्यक कानूनी प्रकृया पूरा गरी बालकको शवपरिक्षणका लागि पठाईएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जानकारी दिएको छ । गर्मी समयमा दिउसो पोखरीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हुनसक्ने परिवार श्रोतले जनाएको छ । 

प्रतिक्रिया