सुरक्षित आवास गृहको सेवा सम्बन्धी गुनासो सुनुवाइ र व्यवस्थापन सम्बन्धी छलफल कार्यक्रम सम्पन्न


असार १३ । सुरक्षित आवास गृहको सेवा सम्बन्धी गुनासो सुनुवाइ र व्यवस्थापन सम्बन्धी छलफल कार्यक्रम सम्पन्न भएको छ । युएनएफपीएको आर्थीक सहयोग तथा सिएमसी नेपालको सहकार्यमा भएका बैठक शुक्रबार सम्पन्न भएको हो । परिवर्तनसिल महिला सामुदायिक संस्था द्घारा सन्चालित सुरक्षीत आवास गृह ब्यवस्थापन समितिको बैठकमा विभिन्न निर्णयहरु गरिएको छ । सिद्धिचरण नगरपालिका उपप्रमुख केदारबाबु बस्नेतको संयोजकत्वमा बैठक बसेको थियो ।

यूएनएफपिएको आर्थिक सहयोगमा जुरी नेपालले  लैंङ्गिक हिंसा पीडित वा प्रभावितहरुलाई सुरक्षित आवास प्रवाह गर्ने सेवाहरुलाई प्रभावकारी एवं प्रभावित मैत्री बनाउने उद्देश्यले सुरक्षितआवास गृहको सेवा सम्बन्धीगुनासो सुनुवाइ र व्यवस्थापन सम्बन्धीमस्यौदा निर्देशिकातयार पारिएको छ । 

हिंसा प्रभावित वा अन्य सरोकारवालाहरुले सेवाको सम्बन्धमा शिघ्र्र र सरलरुपमा गुनासो गर्न वा असतुष्टिवारे जानकारी गराउन सक्ने व्यवस्था गर्न, प्राप्तगुनासोलाई शिघ्र, पारदर्शी, लैंङ्गिक संवेदनशील र प्रभावितमैत्री ढंगले सम्बोधनएवं व्यवस्थापन गर्न, सुरक्षित आवासमा आएका सबै पीडित वा प्रभावितहरूलाई आवास गृह मार्फत उपलब्ध गराउने सेवाहरू र उनीहरुको अधिकार, गुनासो सुनुवाइ र व्यवस्थापन तथा उजुरी दर्ता गराउन प्रोत्साहन गर्न निर्देशिका तयार पारिएको  यूएनएफपीएका कार्यक्रम संयोजक रेखाश्रेष्ठले जानकारी दिनु भयो ।

- सुरक्षीत आवास गृहबाट प्रदान गरिने गुनासो सुनुवाई र ब्यवस्थापन सम्बन्धी बनेको निर्देशिकाको बारेमा युएनएफपीएकी कार्यक्रम संयोजक रेखा श्रेष्ठले प्रस्तुत गर्नुभएको थियो ।

- त्यसै गरी गुनासो सम्बोधन समन्वयलाई ब्यापक प्रचार प्रसार गर्न निर्देशीकामा उल्लेख भएबमोजिम प्रचार प्रसार गर्ने र बनेको मस्यौदा निर्देशीकामा सबै पालिकाहरुमा सिपीएसडब्लु संयोजक हरुलाई उपलब्ध गराउने ।

- सुरक्षीत आवास गृहको सेवा र गुनासो ब्यवस्थापन सम्बन्धी पालिकाहरुको शिक्षा शाखा, महिला शाखा मार्फत विद्यालय स्वास्थ्य संस्थाहरु बालक्लब समुदायका प्रतिनिधीहरुलाई आगामी छलफलमा सहभागिता गराउने ।

- गुनासो सुनुवाई र ब्यवस्थापनको लागि परिवर्तनशिल महिला सामुदायिक संस्थाले सुरक्षीत आवास गृहमा एक हप्ताभित्र उजुरी पेटीका राख्ने ।

प्रतिक्रिया