झगनखबर
११ माघ । कोशीमा सत्ता गठबन्धनको उम्मेदवार हराउँदै एमालेकी रुक्मिणी कोइराला राष्ट्रियसभा सदस्यमा निर्वाचित भएकी छन् । उनले माओवादी केन्द्रकी उम्मेदवार चम्पादेवी कार्कीलाई करिब १०० मतभारले पराजित गरेकी हुन् ।
एमाले र राप्रपाको समर्थन पाएकी
कोइरालाले ५ हजार ८६ मतभार पाइन् भने कांग्रेस, माओवादी
केन्द्र, एकीकृत समाजवादी र जसपाको समर्थन पाएकी
चम्पादेवी कार्कीले ४ हजार ९९२ मतभार पाइन् । प्रदेशसभातर्फ एमालेकी कोइरालालाई ४९
र कार्कीलाई ४४ जनाले मतदान गरे । प्रदेशसभामा कोइरालाले २५९७ मतभार र कार्कीले
२३३२ मतभार पाइन् । स्थानीय तहतर्फ कोइरालालाई १३१ जना र कार्कीलाई १४० जनाले
मतदान गरेका थिए । जस अनुसार कोइरालाको मतभार २४८९ र कार्कीको मतभार २६६० भएको
थियो ।
एमाले उम्मेदवारलाई सत्ता गठबन्धनमा
रहेका दलका प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख उपप्रमुख दुवैथरिले मतदान गरेका
थिए । प्रदेशमा सत्ता गठबन्धन भन्दा नेकपा एमाले राप्रपा गठबन्धन ७९४ मतान्तरले
पछाडि थियो ।