भदौरेका राई दम्पतिको विभत्स हत्या, अपडेट


राजकुमार कार्की

 माघ १३ । ओखलढुंगा जिल्लाको भदौरेमा मगर दम्पतिको हत्याको घटना सेलाउन नपाउदै फेरि राई दम्पतिको विभत्स हत्या भएको छ । चिशंखुगढी– ६, भदौरेको बोहोरे टोलका अन्दाजी ८१ वर्षीय चन्द्रविक्रम राई र उहाँकी धर्मपत्नि  अन्दाजी ८० वर्षीय चन्द्रमाया राईको गएराती हत्या भएको हो ।

चार पाँचवटा घर भएका राईदम्पति पसल भएकै घरमा खाने सुत्ने गरेका थिए । तर उहाँहरुको शव भने अर्कैघरको दोश्रो तलामा भेटिएको छ । दुइवटी श्रीमति भएका चन्द्रविक्रमको जेठी श्रीमति सँग गाउँको घरमै बस्दै आएका थिए । कान्छी श्रीमति र छोरीहरु भने काठमाण्डौको घरमा बस्दै आएका छन् । तीनवटी छोरीहरु अध्ययनकै क्रममा रहेको आफन्त ढुण्डी कुमार राईले जानकारी दिनुभयो । जेठी श्रीमति चन्द्रमायाबाट सन्तान नभएपछि चन्द्रविक्रमले कान्छी श्रीमतिको रुपमा विनिता राई सँग दोश्रो विवाह गर्नुभएको थियो  ।

मंगलबार विहान करिब ७ः३० बजेको समयमा मन्दिरमा काम गर्ने छिमेकी भाईहरु त्यहि बाटो भएर आउदा घरको ढोका नखोलिएको देखेपछि खोजखबर गरि प्रहरीलाई खबर गरेका थिए ।

समान्य पसल सन्चालन गर्दै आएका राई दम्पतिको लुटपाटपछि हत्या गरिएको हुनसक्ने स्थानीय बासीले बताएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार, घरको दोश्रो तलाको सुत्ने कोठाको खाटमा सिरक ओढेको अवस्थामा श्रीमानको शव र श्रीमतिको खाटको छेउ भुइमा सिरक ओढेकै अवस्थामा मृतअवस्थामा शव भेटिएको हो । र खाट मुनी रगत समेत देखिएको भेटिएको छ । मंगलबार विहान करिब ७ः४० बजेको समयमा प्रहरी चौकी निशंखेमा जानकारी प्राप्त भएको थियो ।  घट्ना बारेमा जानकारी पाउने विक्तिक्कै  प्रहरीको टोलीले घट्नास्थलमा सुरक्षा व्यवस्था कडा बनाइएको प्रहरी नायव उपरिक्षक मदन केसीले बताउनु भयो ।  उहाले भन्नुभयो; ‘घट्नास्थल सुरक्षीत गरिएको छ, थप अनुसन्धान र सुरक्षाको लागि प्रहरी परिचालन गरिएको छ ।’ अनुसन्धानमा थप सहयोगका लागि प्रदेश प्रहरी कार्यालय कोशी प्रदेशबाट अनुसन्धान टोली आउने तयारी रहेको पनि जानकारी दिएका छन् ।

केहि समय अगाडी पुस १५ गते  भदौरेको गैरीगाउँमा मगर दम्पतिको लुटपाटपछि हत्या गरिएको थियो । त्यो भन्दा अगाडी असोज २६ गते सिद्धिचरण नगरपालिका ४ चार्खुमा एकल महिला रत्न कुमारी कटवाल (कार्की) को पनि हत्या गरिएको थियो । हत्यामा संलग्न भएको आरोपमा चारजना युवा, मिलन भन्ने संगम राई, विनोद राई, प्रकाश भुजेल र  दोर्जे भन्ने अशोक भुजेल पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

फेरि त्यहि ठाउँमा अर्का दम्पतिको उस्तै प्रकृतिमा हत्या गरिनुले आम नागरिकमा त्रास पैदा भएको छ । श्रृंखलाबद्धरुपमा भएका कटनाका कारणले स्थानीयबासी त्रसित हुनुका साथै सुरक्षा चुनौति समेत बढेको छ । गाउँघरमा हुने यस्ताखालका घट्नाले नागरिकको सुरक्षामा चुनौति थपिएको भन्दै, दोषी तत्काल पत्ता लागाई कारर्वाहीको दायरमा ल्याउन स्थानीयबासीले प्रहरी समक्ष आग्रह गरेका छन् । 

 

प्रतिक्रिया