भिरबाट लडेर युवाको घट्नास्थलमै ज्यान गयो


झगनखबर

फागुन २४ । जिल्लाको खिजीदेम्बा गाउँपालिका वडा नं ६ स्थित बन्सेका एक युवकको लडेर ज्यान गएको छ ।  २८ वर्षिय दिल बहादुर तामाङ्गको भिरबाट लडेर घट्नास्थलमै ज्यान गएको हो । बुधबार बिहान करिब ६ बजेको समयमा घरमा कसैलाई नसोधी आफुखुशी हिडेका तामाङ्ग घर नफर्के पछि परिवारले खोजी गरेको थियो । खोजी गर्ने क्रममा बिहिबार बिहान करिब ११ः४० बजेको समयमा बाटोमा मृतअवस्थामा भेटिएको परिवार श्रोतले जनाएको छ । घर भन्दा करिब ५ समय मिटर टाढा पुर्वमा पर्ने भिरखर्क स्थित गोरेटो बाटोबाट करिब २ सय मिटर तल मृतावस्थामा फेला पारेका थिए । तामाङ्गलाई मृतावस्थामा फेला पारेपछि स्थानियबासीले प्रहरीलाई खबर गरेका थिए । प्रहरी चौकी खिजीफलाटे र इलाका प्रहरी कार्यालय बरुणेश्वर ओखलढुंगाबाट प्रहरी गई आवश्यक कानुनी प्रकृया पुरा गरी लासलाई पोष्टमार्टमका लागि पठाईएको जिल्ला प्रहरी कार्यालय ओलढुंगाले जनाएको छ । मृतक तामाङ्ग छारे रोगी भएको परिवार श्रोतले बताएका छन् । छारे रोगी भएकै कारण अप्ठ्यारो बाटोमा ढली भिरबाट लडेर मृत्यु भएको स्थानिय बासीको भनाई रहेको छ । मुर्छा पर्ने रोग भएको बिरामी एक्लै जथाभावी हिड्ने गरेकाले अकालमै मृत्यु भएको स्थानियको भनाई छ । प्रायः जसो एक्लै नै गाउँघरतिर गईरहने भएकाले गाउँतिरै गएको होला भन्ने आशमा समयमै खोजी गर्न नसकेको परिवारको भनाई छ ।

प्रतिक्रिया