पुष ९ देखि १५ गते सम्मको साप्ताहिक राशिफल
यो सातामा नयाँ कार्यको योजना
बन्नेछ । लामो समयदेखि रोकिएका अधुरा काम पुनः सुरु हुन सक्छ । आकस्मिक धनलाभ र
महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । साताको अन्त्यमा अरूको वचन टाल्न नसक्दा दुःख
पाइने र धन खर्च पनि हुनेछ । यो साताका लागि शुभ अङ्क १,६ र शुभ रङ्ग हरियो वा पहेँलो
हो । कुनै शुभकर्म गर्नु पूर्व गणेशजीको दर्शन गरि कार्य आरम्भ गर्नाले अधिक सफलता
हात पर्नेछ ।
वृष M इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
साताको पूर्वार्द्धमा गरेका काममा
ढिलासुस्ती हुनेछ । जिद्दीपनाले गर्दा सम्बन्ध बिग्रने डर छ । मानसिक चिन्ता पनि
बढ्नेछ । साताको उत्तरार्ध बाट एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । दैनिक कार्यमा
प्रगति हुनेछ । विशिष्ट व्यक्तिको सहयोग पनि पाइनेछ । यो साताका लागि शुभ अङ्क १,७ र शुभ रङ्ग घ्यू
रङ्ग वा खैरो हो । कुनै शुभकर्म गर्नु अघि विष्णु भगवानको आरधना गरि कार्य गर्नाले
सफलता मिल्नेछ ।
यो साता विपरीत वर्ग प्रति
आकर्षण बढ्नेछ । रचनात्मक कार्यमा जुट्दा फाइदा हुनेछ । आफन्तको प्रगतिमा मन
रमाउनेछ । नयाँ र नयाँ र शुभकार्यको अवसर पनि मिल्नेछ । मध्य सातामा मन खिन्न हुने
र अनावश्यक ठाउँमा धन खर्च होला । यो साताका लागि शुभ अङ्क ५,८ र शुभ रङ्ग कालो वा रातो हो ।
कुनै शुभकर्म गर्नु पूर्व माता बगलामुखीको दर्शन गरि कार्य आरम्भ गर्नाले अधिक
सफलता हात पर्नेछ ।
यो साता पुराना इष्टमित्र, मान्य व्यक्तिसँगको भेट
उपलब्धिमूलक रहनेछ । परोपकार तथा सहयोग आदिमा भूमिका निर्वाह गर्न पाइनेछ ।
प्राविधिक काममा बढी सफलता मिल्नेछ । साताको अन्त्यमा चोटपटकको सम्भावनाका साथै
सामान हराउन सक्नेछ । यो साताका लागि शुभ अङ्क १,५ र शुभ रङ्ग पहेँलो वा गुलाबी हो
। कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि भैरवजीको दर्शन गर्नाले अधिक
सफलता हात पर्नेछ ।
यो हप्ता रोकिएका कार्यहरू पुन सञ्चालनमा
आउनेछ । आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । कृषि कार्यमा
सफलता हात लाग्नेछ । समाजमा प्रभाव बनाउन सकिनेछ । साताको अन्त्यमा आत्मघाती काम
गर्न पुगिएला, सचेत हुनु पर्छ । यो साताका लागि शुभ अङ्क २,८ र शुभ रङ्ग खैरो
वा गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व भैरवजीको दर्शन गरि कार्य आरम्भ आरम्भ
गर्दा अधिक लाभ मिल्नेछ ।
यो हप्ता सुखदुःख बराबरी खालको
समय छ । करियरको लागि मनमा दुबिधा र खुल्दुली उत्पन्न हुनेछ । सद्विचारले
अभिप्रेरित हुनेहरूलाई बढी लाभ मिल्नेछ । मध्य सातामा भने लामो समयदेखि प्रतीक्षा
गरिएको काम पूरा हुनेछ । शुभकार्यको चर्चा पनि चल्नेछ । यो साताका लागि शुभ अङ्क ३,७ र शुभ रङ्ग कालो वा सुन्तलारङ
हो । कुनै शुभकर्म गर्नु पूर्व इष्ट देवताको स्मरण गर्नाले अधिक सफलता हात पर्नेछ
।
यो सातामा घरमा नाताकुटुम्बको आगमन हुने र
परिवारमा नयाँ सदस्य थपिन पनि सक्ने सम्भावना छ । शुभ समाचार सुन्न पाइएला ।
राजनैतिक र सामाजिक क्षेत्रमा सफलता मिल्नेछ, तर स्वास्थ्य प्रति सचेत रहनु पर्छ । शेयर
बजार पनि नोक्सानदायी रहला । यो साताका लागि शुभ अङ्क १,९ र शुभ रङ्ग पहेँलो
वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व हनुमानजीको स्मरण गर्नाले अधिक सफलता
मिल्नेछ ।
यो साता सेवा गर्ने अवसर जुट्न सक्छ ।
नजिकैको मित्रसँग भेटघाट हुनेछ । विपरित वर्गबाट विशेष सहयोग मिल्नेछ । कृषि
क्षेत्रबाट राम्रै लाभ हुनेछ । साताको मध्यमा मन खिन्न हुने स्थिति आउनेछ । आर्थिक
कारोबारमा मन्दी आउनेछ । यो साताका लागि शुभ अङ्क ५,९ र शुभ रङ्ग हरियो वा सेतो हो । कुनै
शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विष्णु भगवानको दर्शन गरि कार्य आरम्भ
गर्दा अधिक लाभ मिल्नेछ ।
धनु M ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
यो साता अत्यन्तै शुभ रहेको छ
समयको सदुपयोग गर्नसके सर्वाधिक फाइदा हुनेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न
रहनेछ । आफन्त र साथीभाइबाट सहयोग र हौसला प्राप्त हुनेछ, तर स्वास्थ्य प्रति सजग रहनु
पर्छ र रिसराग लाई नियन्त्रण गर्न पनि जरूरी छ । यो साताका लागि शुभ अङ्क ४,९ र शुभ रङ्ग गुलाबी वा सेतो हो
। कुनै शुभकर्म गर्नु पूर्व शिवजीको स्मरण गर्नाले सफलता हात पर्नेछ ।
साताको सुरुवातमा अल्ली बढी व्यस्त रहन
पर्नसक्छ । गरेका काममा ढिलासुस्ती हुनेछ । ताके अनुरूप काम नबन्नाले दिक्क
लाग्नेछ । साताको उत्तरार्धबाट साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला । नयाँ काम
वा रोजगार पनि पाइन सक्छ । यो साताका लागि शुभ अङ्क ५,८ र शुभ रङ्ग पर्पल
वा घ्यूरङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व मान्यजनको सल्लाह लिई कार्य आरम्भ
गर्दा अधिक लाभ हुनेछ ।
यो सातामा घर परिवारमा मनोरञ्जनपूर्ण
वातावरण बन्नेछ । शुभकार्यको चर्चा चल्नेछ । ठूला व्यक्तिले तपाईँका मेहनतको
प्रशंसा गर्नेछन् । अरुलाई प्रभावित पारेर अधुरा काम बन्नेछ । साहित्यिक क्षेत्रमा
झुकाव हुनेछ, तर स्वास्थ्य प्रति चैं सचेत रहनै पर्छ । यो साताका लागि शुभ
अङ्क १,५ र शुभ रङ्ग हरियो
वा निलो हो । कुनै शुभकर्म गर्नु पूर्व दुर्गाजीको आरधना गरि कार्य गर्नाले सफलता
मिल्नेछ ।
यो साता एउटै
कामबाट दोहोरो लाभ मिल्नेछ । गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाइनेछ ।
लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुनेछन् । नयाँनौलो समाचार सुन्न पाइनेछ
। शेयर बजारको क्षेत्र पनि फलदायी नै हुनेछ । यो साताका लागि शुभ अङ्क १,४ र शुभ रङ्ग खैरो वा रातो हो । कुनै शुभकर्म
गर्नु पूर्व बगलामुखीको दर्शन गरि कार्य आरम्भ गर्नाले अधिक सफलता मिल्नेछ ।
राशिफल जे जस्तो भएपनि तपाईंको यो साता शुभ रहोस् ।
ज्यो.प. नारायणप्रसाद दुलाल