राजकुमार कार्की
ओखलढुंगा साउन २० ।
ओखलढुंगा जिल्लाको चिशंखुगढी गाउँपालिकाले रिक्त नभएको पदमा पदपूर्तिको सुचना जारी
गरी परिक्षा लिन लागेको खुलासा भएको छ । गाउँपालिकाले २०८१ साल साउन १ गतेको
मितिमा विभिन्न ५ वटा रिक्त रहेको पदमा करार सेवामा पदपूर्ति गर्ने सुचना जारी
गरेको थियो । उक्त सुचनामा फिल्ड सहायक तह राजपत्र अनङ्कित द्वितिय श्रेणी पदमा
पदपूर्तिका लागि सुचना आव्हान गरिएको छ । फिल्ड साहायक पदमा कमल प्रसाद घिमिरे
कार्यरत रहेको चिशंखुगढी गाउँपालिकाकै वेभसाडमा देखिन्छ ।
सेटिङ्ग गरेर आफ्ना
मान्छेलाई जागिर खुवाउनकै लागि दरबन्दी खाली नगरी पदपूर्तिको सुचना जारी गरेको
स्थानियबासीले गुनासो गरेका छन् । फिल्ड सहायकमा कार्यरत घिमिरेलाई एमआईएस
अपरेटरमा जागिर खुवाउन यो सबै प्रपञ्च रचेको स्थानियको भनाई छ । गाउँपालिकाले जारी
गरेको उम्मेदवारको प्रारम्भिक योग्यताक्रमको सुचिमा घिमिरेको १ नम्बरमा नाम रहेको
छ । घिमिरेका बुवा बालाराज घिमिरे स्थानिय तह
२०७४ साल र २०७९ सालको चुनावमा चिशंखुगढी गाउँपालिका वडा नं २ को नेकपा
माओबादी केन्द्रको तर्फबाट वडासदस्यको
उम्मेदवार समेत हुनुहुन्थ्यो ।
चिशंखुगढी
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिताराम राईले दरबन्दी खाली भएर नै सुचना
जारी गरी पदपूर्ति गर्न लागेको बताउनु भयो । बाहिर आएको सुचना गलत हो, वेभसाइडमा आइटीअफिसर
नभएका कारण फिल्ड सहायक कर्मचारीको नाम हटाउन नसकिएको बताउनु भयो । साथै उहाँले
फिल्ड सहायक कर्मचारी कमल प्रसाद घिमिरेको
असार महिनामै करार सम्झौता नगरिएको पनि बताउनु भयो ।
असार मसान्तमा
घिमिरेको करार अवधी सकिएको र करार म्याद थप नगरी साउन १ गतेको मितिमा प्रकाशन
गरेको पदपूर्ति सम्बन्धीको सुचनानुसार एमआइएस अपरेटर पदमा पहिलो नम्बरमा
योग्यताक्रमको सूचिमा घिमिरेको नाम हुनुले घिमिरेलाई नै जागिर खुवाउन प्रपञ्च
रचिएको स्थानियबासीले आरोप लगाएका छन् । सेटिङ्गमा जागिर खुलाउदै आफ्ना मान्छेलाई
जागिर खुवाउनुले क्षमतावान नागरिकलाई पछाडी पारिएको चिशंखुबासीले गुनासो गरेका छन्
।