राजकुमार कार्की
ओखलढुंगा बैशाख ३१ ।
लैंगिक हिँसामा आधारित हिँसा रोकथाम तथा प्रतिकार्य परियोजनाको दोश्रो चरणको
परियोजना ब्यवस्थापन समितिको बैठक सम्पन्न भएको छ । बुधबार परियोजना लागु भएका
गाउँपालिकाका अध्यक्ष उपाध्यक्ष जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख लगायत सरोकारवाला हरु सँग छलफल गरी
बैठक सम्पन्न भएको हो ।
युएनएफपीएको आर्थीक
सहयोगमा सिएमसी नेपालले परियोजना सन्चालन गर्दै आएको छ । परियोजना सन् २०२६ सम्म
सन्चालन हुने भएपनि आर्थीक वर्ष ०८२।०८३ को शुरुदेखि नै रकम घटेर आउने भएपछि
पालिका अन्तरगतमा काम गर्ने कर्मचारीको पूर्ण रुपमा अपनत्व स्थानीय तहले नै
लिनुपर्ने अवस्था आएको छ । कार्यक्रमको निरन्तरता र सन्चालन कसरी गर्न सकिन्छ भनेर
सम्बन्धित स्थानीयतह र जिल्लाका सरोकारवाला निकायसँग छलफल गरिएको युएनएफपीएकी
जिल्ला संयोजक रेखा श्रेष्ठले जानकारी दिनुभयो ।
बैठकले सामुदायिक
मनोसामाजिक कार्यकर्ताहरुको लागि श्रोत ब्यवस्थापन परियोजना लागु भएका चारवटै
स्थानीय तहहरुले समान तवरले ५० प्रतिशत रकम ब्यहोर्ने साझा सहमति भएको छ ।
सुरक्षित आवास गृहको
सन्चालन तथा व्यवस्थापनका लागि सन्चालन कार्यविधी मस्यौदा सिद्धिचरण नगर कार्यपालिकाको बैठकले पारित
गर्ने निर्णय गरेको छ । त्यसैगरी परियोजना लागु भईरहेका स्थानीयतहहरुले कार्यरत
स्वास्थ्य कर्मीलाई ६ महिनाको मनोसामाजिक तालीमको व्यवस्था गर्ने पालिकाहरुको
प्रस्तावमा समेत छलफल भएको थियो । एकद्वार संकट ब्यवस्थापन केन्द्रको घट्ना
व्यवस्थापकको त्इच् जिल्ला अस्पतालले तयार गरी १५ जेठभित्र नगरपालिकालाई बुझाउने ।
र उक्त त्इच् मा घट्ना व्यवस्थापकको
न्युनतम शिक्षा स्नातक तह पासको गरेको, मनोसामाजिक तालिम प्राप्त गरेको छैटौ तहको
कर्मचारी नियुक्त गर्नुपर्ने प्रस्तावलाई पारित गरिएको संयोजक श्रेष्ठले जानकारी
दिनुभयो ।
स्थानीयस्तरमा परियोजनाले राम्रो काम गरेको र यसको
निरन्तरताको अतिआवश्यक भएकाले आफ्नो पालिकाको बजेटको अवस्थालाई मध्येनजर गर्दै
कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता स्थानीय तहका प्रमुखहरुले गरेका छन् ।
चिशंखुगढी
गाउँपालिकाका अध्यक्ष निशान्त शर्माको अध्यक्षतामा ठुलाछापको निशंखेमा बैठक बसेको
थियो । परियोजना लागु भएका मोलुङ गाउँपालिका, सिद्धिचरण नगरपालिका, चिशंखुगढी गाउँपालिका
र मानेभञ्ज्याङ गाउँपालिका अध्यक्ष उपाध्यक्ष, नगरप्रमुख, उपप्रमुख जिसस प्रमुख
उपप्रमुख महिला शाखाका प्रमुखहरु पत्रकार
लगायतको उपस्थिति रहेको जानकारी दिएका छन् ।