बैशाख २३ । आफ्नै दिदी हत्या आरोपमा प्रहरीले
दोलखामा एक युवकलाई पक्राउ गरेको छ ।
मेलुङ गाउँपालिका १ पोवटीका २३ वर्षका रामभरत भुजेललाई आफ्नै दिदी कल्पनाको हत्या
गरेको आरोपमा पक्राउ गरेको हो ।
३२ वर्षिय कल्पना भुजेल श्रेष्ठ एक वर्षदेखि
माइती घरमा बस्दै आएकी थिइन् । जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार भाइ
रामभरतले उत्तिसको दाउराले टाउकोमा प्रहार गर्दा कल्पनाको मृत्यु भएको हो ।
शुक्रबार साँझ पक्राउ परेका रामभरतमाथि ज्यान
सम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालय काठमाण्डौले जनाएको छ
।
२३ बैशाख २०८०, शनिवार ०७:४२ मा प्रकाशित
386