राजकुमार कार्की
फागुन १७ । नेपाली कांग्रेसको साङ्ंगीतिक
कार्यक्रम सहितको चुनावी सभा चम्पादेवी गाउँपालिकाको पलापुमा आयोजना गरिएको छ ।
नेपाली कांग्रेसका उपसभापति एवं लोकप्रीय नेता विश्वप्रकाश शर्माले सम्बोधन गर्ने
गरी चुनावी कार्यक्रम तय भएको हो । फागुन १८ गते सोमबार विहान ११ बजे पलापुभन्ज्याङमा
सांगितिक प्रस्तुती सहितको कार्यक्रमको आयोजना गरिएको उम्मेदवार कुमार लुइटेलको
सचिवालयले जानकारी दिएको छ । उम्मेदवार कुमार लुइटेललाई सहयोगार्थ चुनावी सभाको
सम्बोधन गर्न सभापति गगन थापा आउने तयारी थियो । तर सभापति थापाको विशेष काम परेका
कारण आउन नभ्याउने भएकाले उपसभापति शर्मालाई सम्बोधन गर्न पठाएको गगन थापाको
सचिवालयले जानकारी दिएको छ ।
कार्यक्रममा राष्ट्रिय तथा स्थानीय बहुचर्चित
कलाकारहरुबाट गायन तथा विभिन्न खालका साङ्ंगीतिक कार्यक्रमको प्रस्तुत गरिनेछ ।
गायीका प्रिति आले, गायक बालकुमार श्रेष्ठ, सिद्धार्थ आले लगायतका कलाकारहरुको समेत उपथित हुने
जानकारी दिएका छन् । जिल्लाका प्रत्येक वडाका टोलटोलमा पुगेर मतदाताहरुसँग भेटघाट र छलफल गरिसकेका लुइटेलको
अन्तिम सभा पलापु गर्ने तयारी भएको बताएका छन् । नेपाली कांग्रेस र लोकतन्त्रलाई
माया गर्ने ओखलढुंगेली मतदाता नागरिकलाई पलापुमा आयोजना गरेको चुनावीसभामा उपस्थित
भई दिन उम्मेदवार कुमार लुइटेलले अनुरोध गर्नुभएको छ ।