शहरी स्वास्थ्य केन्द्र भवन उद्घाटन् ।


चैत २५ । सिद्धिचरण नगरपालिका वडा नं. १२ स्थित कयरेमा शहरी स्वास्थ्य केन्द्र भवन उद्घाटन भएको छ । भवन निर्माण सम्पन्न भएपछि चैत ५ गते भवन उद्घाटन् भएको हो । नगरपालिका र जिल्ला समन्वय समिति ओखलढुंगाको संयुक्त आर्थीक सहयोगमा भवन निर्माण भएको हो । लामो समयसम्म भाडामा बसेको शहरी स्वास्थ्य केन्द्र आफ्नै भवनमा सरेपछि सहज सेवा वितरण गर्न सजिलो भएको छ । भित्रै टवाइलेट बाथरुम भएको १ तले ४ कोठे भवन निर्माण गरिएको बताएका छन् । भवन निर्माण गर्न स्थानिय कर्ण प्रसाद राई, डिल्ली राई र शारदा राईले निशुल्क ३ रोपनी जग्गा उपलब्ध गराएको वडाअध्यक्ष उमंग श्रेष्ठले बताउनु भयो । २५ गते शनिबार सिद्धिचरण नगरपालिकाका प्रमुख तेजेन्द्र खनालले उद्घाटन गर्नु भएको थियो । उद्घाटन कार्यक्रममा कार्यकारी प्रमुख बलराम लम्साल, जिल्ला समन्वय समिति सदस्य भिमकुमारी कटवाल र वडाअध्यक्ष उमंग श्रेष्ठ लगायत स्थानियबासीको  उपस्थिती रहेको थियो । शहरी स्वास्थ्य केन्द्रको भवन निर्माणका लागि निशुल्क जग्गा उलब्ध गराउने जग्गादाताहरुलाई सम्मान पत्रद्वारा सम्मान गरिएको थियो । गत जेठ बाट निर्माण शुरु भएको भवन साउन अन्तिममा सम्पन्न भएको थियो ।

प्रतिक्रिया