पाकिस्तानमा चुनावलक्षित बम विस्फोट, कैयौँ नागरिक हताहत


झगनखबर

माघ २४ । पाकिस्तानको बलोचिस्तान प्रान्तमा बम विस्फोट हुँदा २२ जनाको ज्यान गएको छ । बुधबार फरक फरक ठाउँमा भएको बम विस्फोटमा परि २२ जनाको ज्यान जानुका साथै कैयौँको संख्यामा घाइते भएका छन् ।

पाकिस्तानमा बिहीवार निर्वाचन हुन लागेको छ। चुनावलाई लक्षित गरी बम विस्फोट गराईएको जनाएका छन् ।  पहिलो विस्फोटन पिशिन जिल्लामा एक स्वतन्त्र उम्मेदवारको कार्यालयअगाडि भएको थियो। उक्त विस्फोटमा परी १४ जनाको ज्यान गएको थियो । उक्त ठाउँबाट करिब १ सय ५० किलोमिटर टाढा  किल्ला सैफ उल्लाह जिल्लामा भएको बताएका छन्। उक्त बम विस्फोटमा परी ८ जनाको ज्यान गएको बताएका छन् । दुई ठाउँमा भएको बम विस्फोटमा परी २२ जनाको ज्यान गईसकेको बताएका छन् ।

निर्वाचनको मुखमा बलोचिस्तान र खैबर पख्तूनख्वा प्रान्तमा थुप्रै हिंसात्मक घटना भएका छन् ।  बलोचिस्तान सरकारले मतदान योजनाअनुसार नै अघि बढ्ने बताएको छ। विस्फोटको बारेमा प्रहरीले खोजी गरिरहेको बताएका छन् भने घाइतेहरुको उपचार भईरहेको बिबिसीले जनाएको छ ।

 

प्रतिक्रिया