पुस १ ।
सार्वजनिक सेवा प्रसारण नेपाल अन्तर्गत रेडियो नेपालले ओखलढुंगाका दुई स्थानीय तह, सिद्धिचरण नगरपालिका र मानेभन्ज्याङ्ग गाउँपालिकामा ‘रेडियो बहस’ कार्यक्रम सम्पन्न गरेको छ । स्थानीय
तहका जनप्रतिनिधी, स्थानीय सर्वसाधरण नागरिक तथा सरोकारवाला निकाय सँग प्रत्यक्ष संवाद गराइएको
हो । रेडियो नेपालका बरिष्ठ कार्यक्रम अधिकृत भानुभक्त खड्का र हरि गिरिले
कार्यक्रम सन्चालन गर्नुभएको थियो । सोमबार सिद्धिचरण नगरपालिकामा निमित्त प्रमुख
प्रशासकीय अधिकृत फणिन्द्र कटवाल, वडा नं ३ का अध्यक्ष
सिताराम दाहाल, ११ का अध्यक्ष बिनोद कुमार ताम्रकार, ९ का वडाअध्यक्ष गुणराज खड्का र स्थानीय सरोकारवाला ब्यक्ति, स्थानीय नागरिकको उपस्थिती रहेको थियो ।
मंगलबार
मानेभन्ज्याङ्ग गाउँपालिकामा भएको कार्यक्रममा पालिका अध्यक्ष ज्ञानेन्द्र
रुम्दाली सरोकारवाला निकाय, सर्वसाधरण नागरिकको
उपस्थितिमा कार्यक्रम सम्पन्न भएको जानकारी दिएका छन् । सिद्धिचरण नगरपालिकामा
कृषी उत्पादन प्रोत्साहन गर्ने खालका कार्यक्रम ल्याउनु पर्ने र कृषी उत्पादनलाई
बजारीकरण गरी स्थानीय किसानको हितमा काम गर्नुपर्ने माग सहभागीले गरेका छन् ।
त्यसै गरी बाँदर आतंकका कारण खेतबारीमा कमाई लगाउन नसकेकाले बाँदर नियन्त्रण गर्न
पहल गरिनुपर्ने आवज उठाएका छन् । गुनासोको जवाफ दिदै निमित्त प्रमुख प्रशासकीय
अधिकृत र वडाअध्यक्षले संघिय सरकारका कतिपय निति नियमका कारण स्थानीय नागरिकका काम
सहजरुपमा गर्न नसकेको बताएका थिए ।
त्यसै गरी मानेभञ्ज्याङ्ग गाउँपालिकामा स्थानीय सडकको स्तारोन्नती, शैक्षिक गुणस्तरमा बृद्धि, कार्यालयमा सुशासन प्रबद्र्धन र स्थानीयरुपमा रोजगारी सिर्जन गरिनुपर्ने विषय उठाएका थिए । गुनासोको जवाफ दिदै अध्यक्ष रुम्दालीले स्थानीय रुपमा भौतिक पूर्वाधार निर्माणमा क्षमताका आधारमा रोजगारीको सिर्जना गर्न आवश्यक काम गरिरहेको बताउनुभयो ।